Everest Face

अहिले हामी सूचना र प्रविधिको युगमा छौँ । सूचनाको सञ्चारमा सामाजिक सञ्जालहरूको बढ्दो “जगजगी” ले मूलधारका भनिएका सञ्चारमाध्यमहरूको महत्त्व र औचित्यमाथि नै प्रश्न चिन्ह खडा भएको अवस्था छ । सञ्चारमाध्यमहरूको सङ्ख्या बढ्दो छ, तर ती प्रायः “भीड”मा रूपान्तरण भएका छन् । सञ्चारमाध्यमहरू एउटै विषय र मुद्दाको पछि दौडिरहेका छन्, जसले गर्दा समाजका थुप्रै मुद्दाहरू ओझेलमा परेका छन् । सबैभन्दा खतरनाक कुरा चाहिँ मूलधारका भनिएका सञ्चारमाध्यमहरू समेत “भाइरल कल्चर”बाट ग्रसित भएका छन् । परिणाम स्वरूप राज्यको चौथो अङ्गको उपमा पाएको प्रेस सामाजिक उत्तरदायित्वसहितको पत्रकारिताको धर्मबाट च्यूत हुँदै गएका छन् ।  

लेख्न बाँकी कथाहरू धेरै छन्, सुनाउनुपर्ने आवाजहरू पनि उतिकै छन्, देखाउनुपर्ने दृश्यहरू अनगिन्ती छन् । त्यसैले मूलधारका भनिएका सञ्चारमाध्यमहरूको नजरमा नपरेका दृश्यहरू देखाउने, नसुनेका आवाजहरू सुनाउने, नलेखिएका कथाहरू लेख्ने, बोल्ने उद्देश्यले “एभरेष्ट फेस” को स्थापना गरिएको हो । एभरेष्ट फेसले पर्यटनबारे बोल्छ, गाउँघरका कथाहरू देखाउने छ, आवाजविहीनहरूको आवाज उठाउने छ, संस्कृति र इतिहासका सान्दर्भिक विषयहरूको उत्खनन गर्नेछ । खुसीका रङ्गहरूबारे साना–साना कथाहरू बाँड्ने छ । 

समाचारको हकमा “छिटो भन्दा पनि तथ्य, तथ्यभन्दा पनि सत्य”लाई प्राथमिकता दिएर सम्प्रेषण गर्ने एभरेष्ट फेसको सिद्धान्त हो । “सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता” एभरेष्ट फेसको मूल मन्त्र हो । 

 

प्रतिक्रिया दिनुहोस्
Weather Update