Everest Face
एउटै शरीर भएका दिदीबहिनी: एउटीकाे बिहे भयो, अर्की सिङ्गल 

टाउको दुई वटा तर शरीर एउटै । जन्मिँदा नै शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी एबी हेन्सल र ब्रिटनी हेन्सल । तीमध्ये बायाँतर्फ रहेकी एबिले एकजना पूर्वसैनिक तथा नर्स जोश बाउलिंगसँग बिहे गरेकी छिन् ।

उसो त उनको बिहे सन् २०२१ मै भएको थियो, तर यसको खुलासा हालैमात्र भएको हो।

अमेरिकाको मिनिसोटामा बस्ने यी जुम्ल्याहा हाल ३४ वर्षका भए । सन् १९९६ मा ओपरा विन्फ्रे शो मा अतिथिको रूपमा आएपछि उनीहरूको चर्चा संसारभर चुलिएको थियो । पछि उनीहरूको आफ्नै टिएलसी रियालिटी सिरिज आयो । जसमा उनीहरूले आफ्नो दैनिक जीवनलाई प्रस्तुत गर्दथे ।

एबी हेन्सेलले आफ्नो फेसबुकको प्रोफाइल तस्बिर परिवर्तन गरेकी छिन् । आफ्नो उक्त फेसबुक अकाउन्ट उनले जुम्ल्याहा बहिनी ब्रिटनीसँग शेयर गर्दछिन् ।

उनको फेसबुक प्रोफाइलमा राखिएको सो तस्बिर बिहे समारोहको जस्तो देखिन्छ । त्यसमा जुम्ल्याहाले बिहेको गाउन लगाएका छन् । बेहुलाले चाहिँ खैरो रङ्गको सूट लगाएका छन् ।

तस्बिरमा उनीहरू एक अर्कातर्फ हेर्दै हात समाएका छन् । त्यसअघि एउटा भिडियो क्लिप सार्वजनिक भएको थियो जसमा यो जोडीले बिहेको रिसेप्सनमा नाचिरहेको देखिन्थ्यो ।

 

समाचार अनुसार यी जुम्ल्याहाले अमेरिकाको मिनिसोटामा बच्चाहरूलाई पढाउने काम गर्दछन् ।

डेलीमेलले इन्स्टाग्राममा एउटा भिडियो पनि शेयर गरेको छ । जसमा उनीहरूले बच्चाहरूलाई पढाइरहेको देखिन्छ ।

भिडियोको क्याप्सनमा लेखिएको छ- आपसमा जोडिएका जुम्ल्याहा एबी र ब्रिटनीले आफूहरूले बच्चालाई कसरी पढाउँछन् भन्ने कुरा रियालिटी शो मा देखाइरहेका छन् ।

जुम्ल्याहामध्येकी एबी अहिले विवाहित भइसकेकी छिन् । किनकि उनले आफ्ना प्रेमी जोश बाउलिंगसँग गोप्य रूपमा बिहे गरिन् ।

एबी र ब्रिटनीलाई डाइसफ्यालसका कारण जोडिएका जुम्ल्याहा हुन् । उनीहरूले टाउको बाहेक शरीरका सबै अङ्ग शेयर गर्दछन् । एबिले शरीरको दाहिने हिस्सा नियन्त्रण गर्छिन् भने ब्रिटनीले बायाँ हिस्सा नियन्त्रण गर्छिन् । यौनांगलगायतका अङ्गहरू चाहिँ एउटै छन् ।

सन् १९९० मा जन्मिएका एबी र ब्रिटनीका मातापिता प्याटी र माइकल हेन्सलले जुम्ल्याहा बच्चालाई छुट्टाउनका लागि शल्यक्रिया नगर्ने निर्णय गरेका थिए । त्यसो गर्दा छोरीहरू बाँच्ने सम्भावना निकै कम रहेको हुँदा उनीहरूले छोरीहरूको शल्यक्रिया नगर्ने फैसला गरे ।

-एजेन्सी 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update