Everest Face
"राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाए", -अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिकर्मीहरूले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् ।  

बिहीबार काठमाडौँमा आयोजित ‘गङ्गादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

"राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेसा जस्तो सोचिरहेका छन्," अध्यक्ष लिङ्देनले भने । उनले राजनीति भन्ने बित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको बताए ।

उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ । राजनीतिलाई मान्छेहरूले, राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको बेलामा राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गङ्गादेवी त्यस्तो नाम हो, जसले राजनीतिलाई पेसा नभई सेवाको रूपमा अवलम्बन गर्नुभयो ।’

राजनीतिलाई पेसा नभई सेवाको रूपमा अवलम्बन गर्नुपर्ने उनले बताए । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update