Everest Face
नाट्टा गण्डकी प्रदेशको आयोजनामा गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न 

नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरा हुँदै  बागलुङदेखि नवलपुरसम्म गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको प्रवर्द्धनमा पोखरा देखि बागलुङ कोरिडोर हुँदै जैमिनी नगरपालिका कुश्मीसेरासम्म यही चैत्र २४ देखि २६ गतेसम्म विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको हो । बागलुङको  जैमिनी नगरपालिका कुश्मीसेरामा चैत्र २६ गते अन्तरक्रिया गर्दै कार्यक्रम सम्पन्न भएको छ । 

natta-gandaki-(6)-1712741370.jpg
गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम । 

सङ्घका अध्यक्ष हरिराम अधिकारीको अध्यक्षता,  तत्कालीन पर्यटन मन्त्री माननीय दीपेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता र जैमिनी नगरपालिकाका कार्यवाहक नगर प्रमुख हरिहर शर्माको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा नगरपालिकामा रहेका पर्यटकीय गन्तव्यहरूको भिडियो सामाग्रीहरू प्रस्तुत गरिएको थियो । 

सङ्घका अध्यक्ष अधिकारीले यस कार्यक्रमले पर्यटनकाे राजधानी पाेखरासँगै रहेकाे बागलुङ र नवलपुरकाे पर्यटकीय गन्तव्यहरूकाे पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले सङ्घले विगतदेखि नै पाेखराकाे मात्रै नभई समग्र गण्डकी प्रदेशकाे पर्यटन प्रवर्द्धन तथा  विकासका लागि विभिन्न कार्यक्रहरू गर्दै आएकाे जनाउँदै आगामी दिनहरूमा पनि अझै व्यापक ढङ्गले कार्यक्रहरू गर्ने बताए । पाेखरालाई पर्यटनकाे राजधानी घाेषणा गरिएसँगै आफूहरू निकै उत्साहित भएकाे अध्यक्ष अधिकारीले बताए । 

जैमिनी नगरपालिकामा रहेका थुप्रै धार्मिक, प्राकृतिक एवम् ऐतिहासिक पर्यटकीय गन्तव्यहरूको पहिचान गर्न सफल भएको सङ्घका द्वितीय उपाध्यक्ष एवम् आन्तरिक पर्यटन प्रवर्द्धन संयोजक कमला गिरिले बताइन् । 

जैमिनी नगरपालिकाका नगरप्रमुखले लामो समयदेखि नाट्टा गण्डकीलाई पर्यटन प्रवर्द्धन गरिदिन अनुरोध गरेको  र सोही अनुसार गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम गरिएको उनले बताएकी छन् । अन्तरक्रिया कार्यक्रममा गन्तव्य स्थलका स्थानीय समुदाय लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

natta-gandaki-(3)-1712741253.jpg
गजेन्द्र मोक्ष दिव्य धाममा ब्यानर वाचन गर्नुहुँदै स्वामी कृष्ण प्रपन्नचार्यज्यू। 

पहिलो दिन गजेन्द्र मोक्ष दिव्य धाममा स्वामी कृष्ण प्रपन्नचार्यकाे प्रमुख आतिथ्यतामा स्थानीय जनप्रतिनिधिहरूकाे सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

सोही दिन नवलपरासी (पूर्व)को देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा पर्यटन मन्त्रालयका सचिव कुमान सिंह गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष सञ्जयकान्त सिग्देल, स्थानीय व्यवसायी, सरोकारवाला व्यक्तिहरूको उपस्थितिमा पिप्रहर सामुदायिक होमस्टेमा अन्तरक्रिया कार्यक्रम  भएको थियो ।

natta-gandaki-(2)-1712741253.jpg
पिप्रहर सामुदायिक हाेमस्टेमा अन्तरक्रिया कार्यक्रम पश्चात ।

गण्डकी प्रदेश पर्यटनको राजधानी घोषणा भए लगत्तै पहिला आफ्नै प्रदेशबाट आन्तरिक प्रवर्द्धन सुरु गर्ने उद्देश्यका साथ गन्तव्य पहिचान तथा प्रवर्द्धन कार्यक्रम गरिएको उपाध्यक्ष गिरिले बताएकी छन् । 

तस्बिरः कमला गिरिकाे फेसबुकबाट ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update