Everest Face
पूर्व राजा ज्ञानेन्द्र शाहले जुम्लामा गएर भने, “अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ”

पूर्व राजा ज्ञानेन्द्र शाहले अब नेपाली जनतालाई राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुट्न आह्वान गरेका छन् । शनिवार जुम्लामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ ।”

पूर्वा राजा शाहले देशको राजनीति सही दिशामा नरहेको जनाउँदै घुमाउरो शैलीमा पुराने राजतन्त्र फर्काउन जुट्नुपर्ने बताएका हुन् । उनले देश दिनप्रतिदिन परनिर्भर बन्दै गएको, देशमा उपलब्ध स्रोत तथा साधनको सदुपयोग गर्न नसकेको हुनाले नेपाली जनताले पुनर्विचार गर्ने बेला आएको बताए ।

उनले  भने, ‘आज देश कता जाँदै छ तपाईँहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौँ । आफ्नै भूगर्भभित्र अथाह धनधान्य छ । तर, खाना, काम खोज्न हामी भौँतारिइराखेका छौँ । कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? त्यसैले म भन्छु । अब हामी राष्ट्रको पुरानो गौरव फर्काउन जुटौँ, देश बनाउन उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ ।’  

शाहले देशमा सर्वपक्षीय सम्मेलन र नयाँ सम्झौताको पक्षमा जनमत बढेको समेत दाबी गरेका छन् । उनले भने "अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऔँ, मार्ग सुधार गर्दै नयाँ समझदारी गरौँ ।"

उनले थपे, "आज, हिजो होइन, हामी आफैँ बदलिरहेका छौँ । परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ । याद होस्, संसारको पाङ्ग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ । यो संसारमा जे आउँछ, त्यो रहँदैन र जाने कुरा हराउँदैन ।"

यस्ताे छ सम्बाेधनकाे पूर्णपाठ: 
gyanendar-shah-jumla-bhashan-1712458870.jpg

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update