Everest Face
नेपाल पर्यटन बोर्डको सिईओका लागि आवेदन खुल्यो

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि आवेदन खुला भएको छ । निवर्तमान कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीको कार्यकाल गएको माघ दोस्रो सातामा नै सकिएको थियो ।

बोर्डले कार्यकारी प्रमुख विहीन भएको साढे दुई महिनापछि नयाँ  सिइओका लागि आवेदन खुलाएको हो ।   

नेपाल पर्यटन बोर्ड नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सरकारी निजी साझेदारी मोडलमा वि.सं. २०५३ सालमा स्थापना भएको हो । यो संस्थाको सिइओ हुनका लागि अबको १२ दिनभित्र आवेदन दिइसक्नुपर्छ ।

प्रकाशित विज्ञापनअनुसार सिईओ हुनका लागि कुनै पनि विषयमा स्नातकोत्तर उत्तीर्ण भएको हुनुपर्छ । कुनै पनि आपराधिक वा फौजदारी अभियोग नलागेको व्यक्ती हुनुपर्ने छ ।

पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएकाले आवेदन दिन सक्ने यसमा छनौट हुनका लागि व्यावसायिक प्लान तथा भाषागत दक्षता पनि हुनुपर्छ ।

सिईओका लागि आवेदन दिनका लागि शुल्क नै सात हजार रुपैयाँ तोकिएको छ । चार वर्षको कार्यकाल हुने पर्यटन बोर्डको सिईओकाे सेवा सुविधा तथा तलब आकर्षक हुन्छ ।

पर्यटन बोर्डले सिईओ छनौट गर्न गठित समितिले आवेदकहरूमध्येबाट तीन जनाको नाम सिफारिस गर्ने छ । त्यसमध्येबाट समितिले १ जनालाई सिईओ नियुक्ति गर्ने छ ।

बोर्डको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुन्छन् । सिइओ नियुक्त भएपछि सरकारी वा गैरसरकारी अन्य जिम्मेवारीबाट मुक्त हुनुपर्ने कानुनी व्यवस्था छ ।

पर्यटन बोर्डको सिईओ आकर्षक पद मानिन्छ । देश/विदेश भ्रमणको अवसर । आकर्षक टिएडिए । पाँचतारे सुविधा जस्ता यो पदका आकर्षण हुन् । 

विज्ञापन हेर्नुहाेस्:

Advertisement-for-the-Post-of-Chief-Executive-Officer-CEO-of-Nepal-Tourism-Board-(1)-1712374386.jpeg
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update