Everest Face
हिमाल चढ्न अनुमति लिने पर्यटककाे सङ्ख्या ह्वात्तै बढ्याे

नेपालमा हिमाल आरोहण गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । 

हिमाल आरोहणका लागि मुख्य उपयुक्त सिजन वसन्त ऋतु सुरु भएसँगै आरोहणका लागि अनुमति लिने पर्यटकको सङ्ख्या ह्वात्ते बढेको छ । 

पर्यटन विभागका अनुसार मार्च महिनामा हिमाल चढ्नका लागि एक सय ४८ जनाले अनुमति लिएका छन् ।

जसमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । विभागका अनुसार सगरमाथा आरोहणका लागि एक महिनामा ६३ जनाले अनुमति लिएका छन् । 

त्यस्तै गरी अन्नपूर्ण चढ्न २५ जनाले, आमादब्लम चढ्न २३ जना, धवलागिरिका लागि १५ जना, पुथा हिमचुली ७ जना, कञ्चनजङ्घाका लागि ७ जनाले अनुमति लिएका छन् । जसबाट १० करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । 

विभागको विज्ञप्ति:

GKJ1s7QXAAAQnkU-1712072778.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update