Everest Face
घोडा–खच्चडको गुणको पैँचो कहिले तिर्ने ? (तस्बिरहरू) 

सडक यातायातको सुविधा नपुगेका नेपालका थुप्रै ग्रामीण भेगमा अझै पनि यातायात र ढुवानीको साधनको रूपमा घोडा, खच्चडलाई प्रयोग गरेको पाइन्छ ।

घोडा, खच्चड भन्ने बित्तिकै भारी बोक्ने प्राणीको तस्बिर हाम्रो मानसपटलमा बन्छ । मानिसको भारी बोक्ने भरिया साथी हो, खच्चड घोडा । घोडा प्रजातिकै गधा र घोडाको ठिमाहा हो, खच्चड । घोडालाई मानिसले यातायातको साधनको रूपमा प्रयोग गरेको पाइन्छ । गधा र खच्चडलाई भने अन्य भारी बोक्न ढुवानीको साधनको रूपमा प्रयोग गरिन्छ । 

सडक यातायातको सुविधा नपुगेका नेपालका थुप्रै ग्रामीण भेगमा अझै पनि यातायात र ढुवानीको साधनको रूपमा घोडा, खच्चडलाई प्रयोग गरेको पाइन्छ । खच्चड, घोडाले टाढा टाढा शहर बजारबाट दुर्गम ठाउँहरूमा अन्नपात लगायत आवश्यक सामाग्रीहरू पुर्‍याएर मानिसको सेवा गर्दै आएका छन् । 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका एक अत्यन्तै दुर्गम क्षेत्रमा पर्दछ । भौगोलिक विकटताको कारणले यस गाउँपालिकाको अधिकांश क्षेत्रमा मोटरबाटो विस्तार भएको छैन । मोटरेवल पुल बनाउन नसक्दा गाउँपालिकाको कार्यालय रहेको सिर्दिबाससम्म पनि मोटरबाटो पुगेको छैन । तिब्बतसम्म फैलिएको हिमाली क्षेत्रमा पर्ने यस गाउँपालिकामा यातायात र ढुवानीको मुख्य साधनको रूपमा खच्चड, घोडा र याकलाई प्रयोग गर्दै आएको छ । त्यस क्षेत्रमा पुग्न बाटोमा घोडा, खच्चडको लर्को भेटिन्छ । 

अप्ठ्यारा, अनकन्टार भीरको बाटोमा भारी बोकेको देख्दा यी प्राणीहरूले मानिसलाई कहिल्यै तिर्न नसकिने गुण लगाइरहेको देखिन्छ । घोडा–खच्चडको गुणको पैँचो कहिले तिर्ने ?   

हेरौँ तस्बिरहरू :

Khachhad-1712026560.jpg

Khachhad-(1)-1712026559.jpg

Khachhad-(2)-1712026554.jpg

Khachhad-(3)-1712026553.jpg

Khachhad-1712026560.jpg

Khachhad-(1)-1712026559.jpg

Khachhad-(2)-1712026554.jpg

Khachhad-(3)-1712026553.jpg

Khachhad-(4)-1712026552.jpg

Khachhad-(6)-1712026547.jpg

Khachhad-(5)-1712026547.jpg

Khachhad-(8)-1712026545.jpg

Khachhad-(7)-1712026544.jpg

Khachhad-(9)-1712031107.jpg

तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update