Everest Face
पर्यटककाे आगमन बढ्याे,  एकै महिनामा भित्रिए एक लाख २८ हजार

मार्च महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्चमा एक लाख २८ हजार १६७ पर्यटक भित्रिएका हुन् ।

यो सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३१ हजारले बढी हो । अघिल्लो महिना अर्थात् फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक भित्रिएका थिए ।

कोरोनाअघि सन् २०१९ मा एक लाख २७ हजार ३५१ पर्यटक भित्रिएका थिए । चार वर्षपछि यसपालि नयाँ पर्यटक आगमनले नयाँ रेकर्ड बनाएको छ ।

GKNzmVKXsAETJf_-1712132968.jpg
मार्च, अप्रिल र मेलाई पर्यटकीय सिजन मानिन्छ । यही सिजनमा पदयात्रा तथा पर्वतारोहणका लागि पर्यटक आगमन बढेको हो ।

यसपालि नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतबाट ३० हजार ६९८ पर्यटक आएका छन् ।

त्यस्तै, चीनबाट १२ हजार ०९२, अमेरिकाबाट १० हजार ७६३, थाइल्यान्डबाट चार हजार ५६७, बेलायतबाट सात हजार २४१, बङ्गलादेशबाट दुई हजार ९४६, श्रीलङ्काबाट पाँच हजार ७४१ जना भित्रिएका छन् । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update