Everest Face
रुबीभ्याली र चुमभ्यालीलाई जोड्ने ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ अगाडि बढाइने

धादिङकाे रुबीभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्न वैकल्पिक पदमार्गको रूपमा धादिङकाे गङ्गाजमुना गाउँपालिकामा पर्ने 'गङ्गाजमुना तीनसुरे पदमार्ग' लाई अगाडि बढाइने भएको छ ।

सो पदमार्गको खोजी, निर्माण, व्यवस्थापन तथा प्रवर्द्धनका लागि गङ्गाजमुना गाउँपालिका र टान बीच सम्झौता भएको छ । 

गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बास्तोलाले सम्झाैतापत्रमा हस्ताक्षर गरेका छन् । 

यस पदमार्गको विकासले गोरखाको प्रसिद्ध पर्यटकीय गन्तव्य चुमभ्याली र धादिङकाे पर्यटकीय सम्भावनाले भरिएको चुमभ्यालीलाई जोड्ने र गङ्गाजमुना गाउँपालिकामा रहेका प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक सम्पदाहरूको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ । 

मोटर बाटोको विस्तारले पदमार्गहरू मासिँदै गएकोले नयाँ नयाँ पदमार्गहरूको खोजी, विकास र प्रवर्द्धनमा टान सक्रिय रहेको छ । 

 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update