Everest Face

अहिले हजाराैँ सहकारी पिडितहरू सडकमा रहेकाे बेला तीनै सहकारीकाे ठगी मुद्धा लागेकाे लामिछानेलाई गृहमन्त्री बनाउनु  गलत भएकाे भन्दै नेता पाैडेलले  प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरे, "अहिले हजाराैँ सहकारी पिडितहरू सडकमा छन्, अब तिनकाे मुद्दा कसले सम्बाेधन गर्ने ?"

नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेकाे राजीनामा मागेकाे छ । शुक्रबार बसेकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै नेपाली काँग्रेसका नेता एवम् सांसद प्रदिप पाैडेलले प्रश्नकाे घेरामा रहेकाे व्यक्ति पदमा बस्न नमिल्ने भन्दै गृहमन्त्री लामिछानेसँग राजीनामा मागेका छन् । 

"प्रश्नहरूकाे घेरामा रहेकाे व्यक्तिले पदमा बस्न मिल्दैन, गृहमन्त्री रवि लामिछानेजीले नैतिकताकाे हिसाबले पनि राजीनामा दिनुपर्छ", बैठककाे सुरुमै उभिएर विराेध जनाएका काँग्रेसकाे प्रतिनिधित्व गर्दै नेता पाैडेलले भने, "यस्ता प्रश्नकाे घेरामा रहेकाे व्यक्तिलाइ गृहमन्त्री बनाएर प्रधानमन्त्रीजीले सुशासनकाे नारा लगाउन सुहाउँदैन ।"

पाैडेलले प्रधानमन्त्री प्रचण्ड प्रश्नहरूलाइ पन्छ्याएर भागेकाे बताए । उनले भने, "पछिल्लाे समय प्रधानमन्त्री प्रचण्डज्यूसँग धेरै प्रश्नहरू उठिरहेका छन्, तर उहाँ जवाफ नदिइ भागिरहनु भएकाे छ ।"

नेपाली काँग्रेसका कारण सुशासन कायम गर्न नसक्ने भएपछि नयाँ गठबन्धन बनाएकाे बताउने प्रचण्डले प्रश्नैप्रश्नकाे घेरामा रहेका व्यक्तिलाइ पदमा पुर्याउनु द्वद चरित्र भएकाे उनले बताए । 

अहिले हजाराैँ सहकारी पिडितहरू सडकमा रहेकाे बेला तीनै सहकारीकाे ठगी मुद्धा लागेकाे लामिछानेलाई गृहमन्त्री बनाउनु  गलत भएकाे भन्दै नेता पाैडेलले  प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरे, "अहिले हजाराैँ सहकारी पिडितहरू सडकमा छन्, अब तिनकाे मुद्दा कसले सम्बाेधन गर्ने ?"

यस विषयमा प्रधानमन्त्री दाहालले जवाफ दिनुपर्ने उनको भनाइ थियो। “प्रश्नको घेरामा रहेको व्यक्तिलाई सरकारमा नलैजाने नजीर स्थापित गरौं,” पौडेलले भने, “प्रधानमन्त्रीले जवाफ नदिएसम्म प्रश्न उठाइरहनेछौं।”

सुन तस्करी प्रकरणमा प्रहरीले राजनीतिक व्यक्तिलाई जोगाएको गृहमन्त्री लामिछानेले नै स्वीकार गरेको पौडेलले स्मरण गराए। यस्तो अवस्थामा गृहमन्त्री लामिछानेमाथिको अनुसन्धान प्रभावित हुने उनको भनाइ थियो।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update