Everest Face
रूसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु
फाइल तस्बिर ।

रूसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत सात नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

यसअघि सरकारले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो । त्यसमा थप सात जनाको मृत्यु भएको पुष्टि भएसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ ।

धादिङका पूर्णबहादुर गुरूङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको परराष्ट्रले बिहीबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्रले केही मित्र राष्ट्रहरू बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको पनि  जनाएकाे छ।

रूसी सेनामा गएका नेपाली नागरिकलाई नेपाल फिर्ता गराउन सरकारले प्राथमिकतामा राखेर कूटनीतिक प्रयास गरिरहेको जनाएको छ।

अहिले ज्यान गुमाएहरूको परिवारलाई रूसी सरकारबाट राहत उपलब्ध गराउन र घाइतेको उपचार गर्न, नेपालीलाई फिर्ता पठाउन रूसी सरकारलाई अनुरोध गरेको पनि मन्त्रालयले जनाएकाे  छ। नेपाली युवाहरू अवैध ढङ्गले रूसी सेनामा गइरहेका छन् । सयाैँ युवाहरू त्यहाँ  कार्यरत रहेकाे र दर्जनाैँ युवाहरूले ज्यान गुमाइसकेकाे पुष्टि भइसकेकाे छ । 

विज्ञप्ति:

Press-Release-14March2024_page-0001-1710418332-1710469078.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update