-1740904818.jpg)
मिस तामाङ २०२५ को उपाधि नुवाकोटकी अन्जु थोकरले जितेकी छन् ।
मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङ प्रतियोगिताको १७ औँ संस्करण अर्थात् मिस तामाङ २०२५ को विजेता अन्जु थोकरले जितेकी हुन् । अन्जुले उपाधिसँगै ५० हजार रूपैयाँ नगद तथा गिफ्ट ह्याम्पर पाएकी छन् ।
प्रतियोगिताको फस्ट रनर अप सर्लाहीकी मोनालिसा थिङ तामाङ, सेकेन्ड रनर अप बुढानीलकण्ठकी प्रियङ्का तामाङ थर्ड रनर अप दोलखाकी सुस्मिता तामाङ रहेका छन् ।

मोनालिसाले ३० हजार, प्रियङ्काले १५ र सुस्मिताले १० हजार नगद पाएकी थिइन ।कार्यक्रम बुधवार नेपाल प्रज्ञा प्रतिष्ठान हल कमलादीमा सम्पन्न भएको हो ।
टाइटल विजेताहरूमा फोटोजेनिक: अन्जु थाेकर तामाङ, उत्कृष्ट मुस्कान : भूमिका स्याङ्बो तामाङ, मिस डिसिप्लिन: याङ्जु डोल्मा ग्याबा तामाङ, उत्कृष्ट पोशाकः सुजिना थिङ तामाङ, दर्शक छनोट: प्रियङ्का पाख्रिन तामाङ रहेका छन् ।
-1740904820.jpg)
त्यसैगरी मल्टिमिडिया: अन्जिला लोप्चन तामाङ, आत्मविश्वासी: समीक्षा घलान तामाङ, पैदल : सम्झना मोक्तान तामाङ, मिस बेस्ट हेयर : अस्मिता डोङ तामाङ, मिस ट्यालेन्टः सुस्मिता पाख्रिन तामाङ, मिस पर्सनालिटीः सिनोरा वाइबा तामाङ रहेका छन् ।
-1740904820.jpg)
तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उद्देश्यका साथ आयोजना गरिएको १७ औँ संस्करण मिस तामाङ–२०२५ को आयोजक संस्था मम्स ईन्टरनेशनलकी अध्यक्ष नायिका रन्जिता लामाले जानकारी दिइन । लामाले लामो समय देखि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएकी छन् ।
-1740904818.jpg)
मिस तामाङ २०२५ प्रतियोगिताको निर्णायक मण्डलमा ई-क्यानका अध्यक्ष सेसराज भट्टराई, गायक तथा नेपाल आइडल सिजन ४ का निर्णयक सुबानि मोक्तान, मोडल कुन्साङ बोम्जन, निर्देशक एवम मोडल राज किङ्ग वाइबा रहेका थिए । कार्यक्रम सञ्चालन मिस तामाङ सफलता थिङ तामाङले गरेकी हुन ।