Everest Face
थामभञ्ज्याङमा सम्पन्न सोनाम ल्होछार मेलाको आयव्यय विवरण सार्वजनिक 

मञ्जुश्री सम्वत् २८६१ को अवसरमा धादिङको बेनीघाट रोराङ–१ को थामभञ्ज्याङमा सम्पन्न ‘सोनाम ल्होछार विशेष साँस्कृतिक मेला’को आयव्यय विवरण सार्वजनिक गरिएको छ । 

धादिङको बेनीघाट रोराङ–१ र मकवानपुरको कैलाश–२ द्वारा संयुक्त रुपमा धादिङको बेनीघाट रोराङ–१ स्थित थामभञ्ज्याङमा २०८१ माघ १६ र १७ गते दुई दिने “सोनाम ल्होछार विशेष साँस्कृतिक मेला–२०८१” को आयोजना गरिएको थियो । 

Sonam_Lhochhar_Thambhanjyang--(1)-1740829109.jpg
मेलाकाे तस्बिर ।

मेला सम्पन्न भएको ठिक एक महिनापछि आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो । 

समितिले सार्वजनिक गरेको आयव्यय विवरणसहितको प्रतिवेदन हेर्नुहोस्ः

सोनाम ल्होछार विशेष साँस्कृतिक मेला–२०८१ थामभञ्ज्याङको
आयव्यय विवरण

१. पृष्ठभूमि (Background)

कुनै पनि कार्यक्रम आयोजना गर्नको लागि सर्वप्रथम आर्थिक स्रोतको सुनिश्चितता अनिवार्य हुन्छ । आर्थिक स्रोतको सुनिश्चितताविना कार्यक्रमको आयोजना गर्नु एक प्रकारको मुर्खता हो । हो, हामीले त्यही मुर्खता गर्यौँ । मन्जुश्री सम्वत २८६१ (डुल ल्हो) को अवसरमा धादिङको बेनीघाट रोराङ–१ र मकवानपुरको कैलाश–२ द्वारा संयुक्त रुपमा धादिङको बेनीघाट रोराङ–१ स्थित थामभञ्ज्याङमा २०८१ माघ १६ र १७ गते दुई दिने “सोनाम ल्होछार विशेष साँस्कृतिक मेला–२०८१” को आयोजना गर्ने निर्णय गर्यौँ । कुनै पनि संस्था, स्थानीय सरकार अथवा दातृ निकायको सुनिश्चित स्रोत/सहयोग विना दुवै तर्फका स्थानीयको सहभागितामा २०८१ मङ्सीर १५ गते बेनीघाट रोराङ–१ को जरुङ गाउँमा बैठक बसेर दुवै तर्फका स्थानीय सम्मिलित सोनाम ल्होछार मेला मुल आयोजक समिति गठन गर्यौँ । आवश्यकता अनुसार विभिन्न उपसमितिहरू पनि गठन गर्यौँ । तामाङ समुदायको बाहुल्यता रहेका दुवैतर्फका स्थानीयको एउटै एजेन्डा थियो –तामाङ समुदायको साँस्कृतिक पुनर्जागरण । हो, यही एजेन्डालाई बोकेर हामी अघि बढ्यौँ । तामाङ समुदायको ठूलो साँस्कृतिक पर्वको अवसरमा मेलाको आयोजना गर्दा पक्कै पनि विगत राज्यको दोहनमा परेर मेटिनै लागेको तामाङ समुदायको सँस्कृतिको पुनर्जागरणमा टेवा पुग्ने विश्वास थियो । यस महायज्ञका लागि गाँस काटेर भएपनि दान गर्ने र आफ्नो समुदायको सँस्कृति र पहिचानको उत्खननमा टेवा पुर्याउने अठोट गर्यौँ ।

 मन्जुश्री सम्वत २८६१ (डुल ल्हो) को अवसरमा धादिङको बेनीघाट रोराङ–१ र मकवानपुरको कैलाश–२ द्वारा धादिङको बेनीघाट रोराङ–१ स्थित थामभञ्ज्याङमा २०८१ माघ १६–१७ मा आयोजित “सोनाम ल्होछार विशेष साँस्कृतिक मेला–२०८१” को आयव्यय विवरण यहाँ प्रस्तुत गरिएको छ । 

२. आय (Income)

माथि पृष्ठभूमिमा नै चर्चा गरिसकेका छौँ कि कुनै पनि संस्था, स्थानीय सरकार वा दातृ निकायको निर्धारित आर्थिक स्रोत विना नै उक्त कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमको लागि जम्मा १९३ जना सहयोगी महानुभावहरू र दुई वटा कम्पनीबाट सहयोग प्राप्त भयो । सहयोगी महानुभावहरूको सूचि उक्त कार्यक्रमको आधिकारिक फेसबुक पेज “२८६१औँ सोनाम ल्होछार विशेष साँसकृतिक मेला–२९८१, थामभञ्ज्याङ” मा हेर्न सक्नुहुनेछ । त्यसैगरी गोर्खा ब्रुअरी प्रा.लि. र सरस वेभरेज प्रा.लि. बाट सहयोग प्राप्त भयो । १९३ जना सहयोगी दाताहरूबाट जम्मा रु. २०,८१,१७६/- (अक्षेरेपि बीस लाख एकासी हजार एकसय छयत्तर रुपैयाँ मात्र) प्राप्त भयो । गोर्खा ब्रुअरी प्रा.लि. र सरस वेभरेज प्रा.लि. बाट जम्मा रु. ६२,०००/- (अक्षेरेपि बैसट्ठी हजार रुपैयाँ मात्र) सहयोग प्राप्त भयो । त्यसैगरी स्टलको भाडा, पार्किङ शुल्क र खेलकुद शुल्कसहित गरि जम्मा रु. १,५३,५००/- (अक्षेरेपि एक लाख त्रिपन्न हजार पाँचसय रुपैयाँ मात्र) प्राप्त भयो । 

३. जम्मा आम्दानी (Total Income)

(१) जम्मा १९३ जना सहयोगी दाताहरूबाट रु. रु. २०,८१,१७६/- (अक्षेरेपि बीस लाख एकासी हजार एकसय छयत्तर रुपैयाँ मात्र)
(२) गोर्खा ब्रुअरी प्रा.लि. र सरस वेभरेज प्रा.लि. बाट जम्मा रु. ६२,०००/- (अक्षेरेपि बैसट्ठी हजार रुपैयाँ मात्र)
(३) स्टलको भाडा, पार्किङ शुल्क र खेलकुद शुल्कसहित गरि जम्मा रु. १,५३,५००/- (अक्षेरेपि एक लाख त्रिपन्न हजार पाँचसय रुपैयाँ मात्र)

जम्मा आम्दानी रु. २२,९६,६७६/- (अक्षेरेपि बाइस लाख छयानब्बे हजार छ सय छयात्तर रुपैयाँ मात्र)

४. खर्चको विवरण (Details of Expenses)

कलाकार, साँस्कृतिक कला केन्द्र, ताम्बा संघ, स्थानीय लामा र बोम्बोको झाँकी, कार्यक्रम सञ्चालक सबैको जम्मा खर्च जम्मा रु. ५,१५,५००/- (अक्षेरेपि पाँच लाख पन्ध्र हजार पाँचसय रुपैयाँ मात्र)

नोटः व्यक्ति वा सँस्थाको कार्यक्रम विशेष पारिश्रमिक सार्वजनिक गर्न नमिल्ने भएकोले यहाँ एकमुष्ट खर्च मात्रै सार्वजनिक गरिएको छ । कलाकारहरूको पारिश्रमिक विवरण समितिबाट प्राप्त गर्न सक्नुहुनेछ । तर, सार्वजनिक गर्न पाउनुहुने छैन । 

५. अन्य खर्च (Other Expenses)

१. साउण्ड सिस्टम र स्टेज रु. ४,०००००/-
२. कदर पत्र फ्रेम, मायाको चिनो, झण्डा व्याज आदि रु. १,१०,९०५/-
३. दज्र्यू, लुङ्ता, खादा, धूप आदि रु. ७८,६७०/-
४. तामाङ टोपी रु. १०,४००/-
५. बाँस काट्ने बेला खाना खर्च रु. २,७२५/-
६. स्टल टोली खाना (जयरामकोमा) रु. ३,२००/-
७. लामालाई पुजा गर्दा दक्षिणा रु. ३,०००/-
८. पोडियम सजाउने फूल रू. ५,६००/-
९. बाँस गाड्ने टोली (चिम्बाङ) रु. ८,८००/-
१०. प्रशासन टोली रु. ६,०००/-
११. सिर्जना कला केन्द्र गाडी भाडा रु. १७,०००/-
१२. कलाकार खाजा (निरोज) रु. २,६२०/-
१३. रुम्बा होटल प्रमुख अतिथि र प्रशासन खाना रू. ४३,०००/-
१४. बाँसको खर्च रु. ६,६००/-
१५. जरुङ होटल, कलाकार र मेडिकल टोली रु. ४,५६०/-
१६. लोकल कुखुरा रु. २,७००/-
१७. लामा फेन्सी एण्ड कस्मेटिक पसल रु. १५,६००/-
१८. मासु र किचन सामाग्री रु. ३०,६९०/-
१९. देवलालको होटलमा खाजा खर्च रु. ११,०४०/-
२०. मोक्तान सप्प्लायर्स रु. ३२,६५०/-
२१. खाना पकाउने टोली रु. २२,५००/-
२२. लामिछाने तरकारी पसल रु. १६,०००/-
२३. मलेखु प्रिन्टिङ प्रेस रु. २५,२७५/-
२४. ट्वाइलेट जस्ता र ज्याला रु. १७,०००/-
२५. प्रचार व्यानर रु. ४,१००/-
२६. काठमाडौंमा सामान ढुवानी रु. २,५००/-
२७. जयरामको होटल रुम र खाना रु. २३,३००/-
२८. पार्किङ स्थल निर्माण रू. ४३,०००/-
२९. प्रहरी बोकेको र बाँस ढुवानी भाडा रु. १६,०००/-
३०. कलाकार गाडी भाडा रु. ५४,०००/-
३१. डोकुमेन्ट्री निर्माण रु. ४०,०००/-
३२. फोहोर सफा गरेको रु. ६,०००/-
३३. खानेपानी व्यवस्थापन खर्च रु. ६,५००/-
३४. लामा र बोम्बो गाडी भाडा रु. ३,०००/-
३५. प्राविधिक टोलीलाई खाजा रु. ५,०००/-
३६. संयोजक विरु लामाबाट अतिथि व्यवस्थापन, स्टेशनरी लगायतमा खर्च रु. २,७००/-

जम्मा रु. ११,०६,९३५/- (अक्षेरेपि एघार लाख छ हजार नौ सय पैँतीस रुपैयाँ मात्र)

६. जम्मा खर्च (Grand Total Expenses)

१. कलाकार, साँस्कृतिक झाँकी, ताम्बा, कार्यक्रम सञ्चालक, कला केन्द्र सहित जम्मा रु. ५,१५,५००/- (अक्षेरेपि पाँच लाख पन्ध्र हजार पाँच सय रुपैयाँ मात्र) 
२. स्टेज, साउन्ड सिस्टम, लुङता, दर्ज्यु, कदरपत्र, मायाको चिनो, खाना व्यवस्थापन, अतिथि व्यवस्थापन लगायत सम्पूर्ण खर्च जम्मा रु. ११,०६,९३५/-(अक्षेरेपि एघार लाख छ हजार नौ सय पैँतीस रुपैयाँ मात्र) 
जम्मा खर्च रु. १६,२२,४३५/- (अक्षेरेपि सोह्र लाख बाइस हजार चार सय पैँतीस रुपैयाँ मात्र) 

बाँकी रकम = जम्मा आम्दानी–जम्मा खर्च
= रु. २२,९६,६७६ – रु. १६,२२,४३५
= रु. ६,७४,२४१/-

जम्मा बाँकी रकम रु. ६,७४,२४१/- (अक्षेरेपि छ लाख चौरत्तर हजार दुई सय एकचालीस रुपैयाँ मात्र)

७. बाँकी रहेको रकम के हुन्छ ?

तामाङ समुदायको साँस्कृतिक पुनर्जागरणको लागि आयोजना गरिएको कार्यक्रमबाट बाँकी रहेको रकम तामाङ समुदायको संस्कृति र सभ्यता झल्काउने एउटा संरचना निर्माण गर्नु वाञ्छानीय भएकोले बौद्ध धर्मावलम्बी तामाङ समुदायको आस्थाको प्रतिक छ्योर्तेन निर्माण गर्ने निर्णय भएको छ । कार्यक्रम आयोजना गरिएको स्थल थामभञ्ज्याङमा सुन्दर छ्योर्तेनको निर्माण हुनेछ । उक्त छ्योर्तेन ऐतिहासिक सोनाम ल्हाछार मेलाको एउटा उपहारको रुपमा सदा रहिरहनेछ । जसले भावी पुस्तालाई आफ्नो धर्म, संस्कृति र सभ्यताप्रतिको आस्था जगाउन सहयोग पुर्याउने छ । यति मात्र नभएर बौद्ध धर्मावलम्बी तामाङ समुदायको बाहुल्यता रहेको यस भेगमा हालसम्म कुनै पनि बौद्ध संरचनाहरू नबनेको हुनाले यस छ्योर्तेन आफैँमा एउटा ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक संरचनाको प्रतिक बन्ने छ । प्राकृतिक सुन्दरताका सबै रङ्गहरूले भरिएको प्रकृतिको अनुपम उपहार सुन्दर थामभञ्ज्याङको सुन्दरतामा एउटा नयाँ गहना थपिने छ ।

धन्यवाद

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update