Everest Face

लोक तथा दोहोरी गायक चन्द्रमान तामाङको नयाँ कोसेली ‘भूपु मान्छे’ बोलको नयाँ लोक गीतको भिडियो सार्वजनिक भएको छ । 

कोपिला ठकुरीको शब्द, चन्द्रमान तामाङको सङ्गीत, चर्चित गायिका शान्त श्री परियार र स्वयम चन्द्रमान तामाङको स्वरमा रहेको गीतको भिडियो हालै चन्द्रमान तामाङको अफिसिल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

गीतमा सञ्चिता भोलाखे, विजय बयलकोटी, आरती बुढा, शिव रावत, अनुरुप श्रेष्ठ लगायत कलाकलाहरूको उत्कृष्ट अभिनय रहेको छ । 

Bhupu_Manchhe-(2)-1740813432.jpg
'भूपू मान्छे' गीतकाे भिडियाेकाे एक दृश्य ।

त्यसैगरी बाल कलाकार हिमाल साउदलाई पनि भिडियो देख्न सकिन्छ । साथै भिडियोमा जनम साउद, अमृत तामाङ र सुरेश तामाङलाई पनि देख्न सकिन्छ । 

हेमन्त रसाइलीले अरेन्जीङ गरेको गीतमा मिक्सिङ र मास्टरीङ श्यामस्वेत रसाइलीले गरेका छन्  । 

देवेन्द्र कुँवरको कथा र निर्देशनमा बनेको भिडियोमा सिनेमाटोग्राफरको काम प्रकाश खड्का र उनको टिमले गरेको हो । मुकेश नेपालीले कोरियोग्राफी गरेका छन् भने एडिटिङ र कलरिङ राजकुमार मगरले गरेका छन् । 

Bhupu_Manchhe-(3)-1740813433.jpg
'भूपू मान्छे' गीतकाे भिडियाेकाे एक दृश्य ।

भिडियोको प्रोडक्सन चक्र साउदले गरेका छन् भने पोष्ट प्रोडक्सन राजकुमार फिलिम्सले गरेका छन् । 

यसअघि ‘मायालु कहाँ छ’, ‘रोधी घर’, ‘डल्लेडल्ले खुर्सानी’ लगायत चर्चित गीतहरू बजारमा ल्याइसकेका गायक चन्द्रमान तामाङले थुप्रै लाइभ दोहोरी पनि प्रस्तुत गरिसकेका छन् । 

Bhupu_Manchhe-(1)-1740813434.jpg
'भूपू मान्छे' गीतकाे भिडियाेकाे एक दृश्य । चन्द्रमान तामाङ  (दायाँपट्टिकाे दाेस्राे  कालाे स्टकाेट र चश्मा लाउने)

गायक तामाङले गीतको लेखन, स्वराङ्कन र सङ्गीत भर्ने काम मात्रै गरेका छैनन् । उनले थुप्रै म्युजिक भिडियोहरूमा उत्कृष्ट अभिनय समेत गरेका छन् । खैर, उनको नयाँ कोसेली ‘भूपु मान्छे’ले पनि दर्शक/श्रोताहरूको मन जित्नेमा कुनै शङ्का छैन । नयाँ कोसेलीको लागि गायक चन्द्रमान तामाङ र उनको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।  

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update