
पत्रकार विकास राैनियार प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित भएका छन् ।
नेपाली सेनाको २६२औँ सेना दिवसको अवसरमा संचारकर्मी विकास रौनियारलाई प्रधानसेनापति प्रशंसा निशान (COAS of Commendation Badge) प्रदान गरिएको छ ।
नेपाली सेनाको वार्षिकोत्सवको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति सिग्देलले रौनियारलाई प्रशंसा निशान प्रदान गरेका हुन् ।
पत्रकारिता मार्फत नेपाली सेनाको योगदान र प्रतिष्ठालाई नेपाली जनतामाझ पुऱ्याएको उल्लेखनीय भूमिकाको कदर गर्दै रौनियारलाई प्रशंसा निशान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
कार्यक्रममा प्रधानसेनापति सिग्देलले सेनाको पेशागत क्षमता, अनुशासन र राष्ट्रिय सेवामा सेनाले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्दै पत्रकार र सञ्चारमाध्यमहरूले पनि राष्ट्रिय सुरक्षामा महत्त्वपूर्ण योगदान पुऱ्याएको बताए ।
सेना दिवसको अवसरमा टुँडिखेलमा विभिन्न सैन्य प्रदर्शन, मार्चपास, सांस्कृतिक कार्यक्रम र नेपाली सेनाको विविध कार्यहरूको अवलोकन गराइएको थियो । कार्यक्रममा सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विदेशी कूटनीतिज्ञहरू, पत्रकारहरू र सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।