Everest Face
बूढानिलकण्ठबाट झण्डा छोपेर निस्किए कांग्रेसका मन्त्रीहरू

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेको छ।

बैठकमा पार्टीका पदाधिकारीसमेत रहेका मन्त्रीहरू पनि सहभागी छन्।

तीमध्ये उपसभापतिसमेत रहेका कानुन मन्त्री धनराज गुरूङ र प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महत निस्किएका छन्।

उनीहरू बूढानिलकण्ठबाट निस्कँदा गाडीमा रहेको राष्ट्रिय झन्डा छोपेर निस्केका छन्। 

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग सहकार्य छाड्दै नेकपा एमालेसहित दलहरूसँग नयाँ समीकरण बनाएका छन्।

संघीय सरकारमा कांग्रेसका ९ जना मन्त्री सामेल थिए। कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने वा नदिने विषयमा अहिलेसम्म प्रष्ट भइसकेको छैन। 

यसबारे अर्थमन्त्री प्रकाशशरण महतलाई जिज्ञासा राख्दा नयाँ समीकरण बनेको र त्यसबाट मन्त्री हुने देखिएकोले पदबाट राजीनामा दिइरहनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए।

‘प्रधानमन्त्रीजीले नयाँ गठबन्धन बनाइसकेपछि सक्किगोनि!,’ उनले भने।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update