धादिङको बेनीघाट राेराङमा निःशुल्क माेतियाविन्दुकाे शल्यक्रिया तथा आँखा जाँच शिविर सम्पन्न भएको छ । मङ्सिर १० र ११ गते बेनीघाटस्थित बेनीघाट आधारभूत अस्पतालमा शिविर सम्पन्न भएको हो ।
दुई दिनसम्म चलेको शिविरमा बेनीघाट राेराङका १० वटै वडाहरूमा गरी भेटिएका १८६ जना माेतियाविन्दुका बिरामीहरूमध्ये ११२ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
बेनीघाट राेराङ गाउँपालिकाको स्वास्थ्य शाखाले १० वटै वडाहरूमा पुगेर निःशुल्क आँखाको जाँज शिविर सञ्चालन गरेकाे थियो । सोही क्रममा शल्यक्रियाको लागि छनौट भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया तथा आँखा जाँच शिविर सम्पन्न गरेकाे हो ।
शिविरमा बेनीघाट राेराङ वडा नं. १ का-७ जना, वडा नं. २ का ११ जना, वडा नं. ३ का ८ जना, वडा नं. ४ का १४ जना, वडा नं. ५ का ८ जना, वडा नं. ६ का १६ जना, वडा नं. ७ का ५ जना, वडा नं. ८ का १० जना, वडा नं. ९ का ११ जना र वडा नं. १० का ६ जनाले निःशुल्क स्वास्थ्य लाभ लिएका छन् । त्यसैगरी गोरखाको गण्डकी गाउँपालिकाका १६ जनाले निःशुल्क स्वास्थ्य लाभ लिएका छन् ।े
भरतपुर आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. मारिया गौतमको नेतृत्वको टोलीको प्राविधिक सहयोगमा बेनीघाट राेराङ गाउँपालिकाले निःशुल्क शिविर सञ्चालन गरेकाे हो । शिविरमा नेत्रहिन सङ्घले औषधी, चस्मा लगायत सामाग्रीहरू सहयोग प्रदान गरेकाे थियो ।
"कोही नहोस् अन्धकार, दृष्टि हाम्रो अधिकार" भन्ने मूल नारासहित स्थानीय सरकार र गैरसरकारी संस्थाको संयुक्त आयोजनामा निःशुल्क शिविर सञ्चालन भएको हो । समुदायभित्र लुकेर रहेका समस्याको पहिचान तथा थाहा भएर पनि आर्थिक अभावले गर्दा संसार देख्नबाट वञ्चित रहेका समुदायलाई लक्षित गरेर निःशुल्क माेतियाविन्दुकाे शल्यक्रिया तथा आँखा जाँज शिविर सञ्चालन गरेकाे गाउँपालिकाले जनाएको छ ।
तस्बिरः बेनीघाट राेराङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङकाे फेसबुकबाट ।