Everest Face
हर्कपुर माविले जित्यो बेनीघाट रोराङकाे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 

बेनीघाट राेराङकाे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हर्कपुर माविले जितेको छ ।

पालिकाको वडा नम्बर-४ मा अवस्थित हर्कपुरले  १५ स्वर्ण, ११ रजत र ५ कास्य सहित ३१ पदक पोल्टामा पार्दै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो । 

अघिल्लो प्रतियोगितामा विजय हासिल गरेको  वागेश्वरी माविले ११ स्वर्ण, ७ रजत, ४ कास्य गरी जम्मा २६ पदकसहित पोल्टामा पार्दै द्वितीय स्थान हासिल गरेको छ । चन्द्रोदय मावि विशालटारले ५ स्वर्ण, ९ रजत, ९ कास्य गरी जम्मा २३ पदकसहित तृतीय स्थान हासिल गरेको छ । 

त्यसैगरी ब्राइटफ्यूचर माविले ४ स्वर्ण, ६ रजत गरी जम्मा १० पदकसहित चौथो र पिपल भञ्ज्याङ माविले ३ स्वर्ण, २ रजत, १ कास्य गरी जम्मा ६ पदकसहित पाँचौँ स्थान प्राप्त गरेका छन् ।

बाँसखर्क मावि १ स्वर्ण, १ रजत, ९ कास्य गरी जम्मा ९ पदकसहित छैटौँ, कालिका मावि १ स्वर्ण २ रजत, ५ कास्य गरी जम्मा ८ पदक २ सातौँ, चन्द्रोदय मावि बेनीघाट १ स्वर्ण, ३ रजत, १ कास्य गरी जम्मा ५ पदकसहित आठौँ, शंखादेवी मावि १ स्वर्ण, ३ कास्य गरी जम्मा ४ पदकसहित नवौँ स्थानमा छन्। 

राइजिङस्टार इंलिस बाेर्डिङ स्कुल र राष्ट्रिय मावि  १/१ कास्य गरी जम्मा १/१ पदक जित्दै दसौँ स्थानमा रहेका छन् भने पञ्चकन्या मावि शून्यमा रहेकाे छ । 

Untitled-design-(2)-1731239416.jpg
प्रतियाेगिताकाे उद्घाटनकाे दिनमा भलिबल खेल्दै खेलाडीहरू । 

बेनीघाट रोराङमा गाउँपालिकाले विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नको लागि पालिका स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । 

प्रतियोगिता कार्तिक २५ गतेबाट सुरु भएको हो ।  छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समाप्त भएपनि अन्य खेलहरू भने जारी नै छन् । चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता र पाँचौँ मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता अझै बाँकी नै छन् । 

वृहत् खेलकुद प्रतियोगिताको समापन कार्तिक ३० गते बिहान ११ः३० बजे विशालटारस्थित चन्द्रोदय माविको प्राङ्गणमा विशेष समाराेहबीच हुने गाउँपालिकाले जनाएको छ । 

हेर्नुहाेस् पदक तालिकाः 

466549075_122167901030254386_7358395739232322199_n-1731421244.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update