Everest Face

धादिङको बेनीघाट रोराङमा गाउँपालिकामा पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहित स्मृति कप वृहत् खेलकुद प्रतियोगिता सुरु भएको छ ।

आइतबार विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिताको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले बल सर्विङ गर्दै भलिबल खेलको सुरुवात गरेर यस वर्षको प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

Untitled-design-(3)-1731239413.jpg
खेलाडीहरूलाई बल सर्विङ गरेर प्रतियाेगिताकाे उद्घाटन गर्दे पालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) साथमा प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, शिक्षा शाखा प्रमुख बाेधराज पाठक, सूचना अधिकारी परशुराम घिमिरे लगायत जनप्रतिनिधिहरू । 

उद्घाटन सत्रमा सबै माध्यमिक विद्यालयका विद्यार्थीहरूले बाजागाजासहित मार्चपास गरेका थिए । प्रतियोगिता आज कार्तिक २५ गतेदेखि ३० गतेसम्म निरन्तर चल्ने छ ।

benighat_khelkud-(3)-1731239404.jpg
मार्चपास गर्दै विद्यार्थीहरू ।

त्यसैगरी यसै अवसरमा चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता र पाँचौँ मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिताको पनि आयोजना गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नको लागि पालिका स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । 

benighat_rorang-(9)-1731239420.jpg
भलिबल सट हान्दै खेलाडी । 

प्रतियोगितामा गाउँपालिकाभरिका ११ वटै माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन् । यस वृहत् खेलकुद प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, कबड्डी, तेक्वान्दो, एथलेटिक्स तर्फ दौड, छेलो, जम्पिङ, रिले, हाइजम्प, लङजम्प, ट्रिपल जम्प लगायत प्रतियोगिताहरू हुनेछन् । 

benighat_khelkud-(1)-1731239408.jpg
स्वागत नृत्य प्रस्तृत गर्दै विद्यार्थी ।

गाउँपालिकाले खेलाडी/विद्यार्थीहरूलाई उत्साहित बनाउन र खेलकुद प्रतियोगिताको मनोरञ्जन लिनका लागि प्रतियोगितामा उपस्थित हुन सबैलाई अनुरोध गरेको छ । 

प्रतियोगितामा पालिकाभरिका सबै माध्यमिक विद्यालयका विद्यार्थीहरू, शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पदाधिकारीहरू, गाउँपालिका र पालिकाका सबै वडाका जनप्रतिनिधिहरू, कर्मचारीहरू, राजनीतिक दलका प्रतिनिधि तथा खेलप्रेमीहरूको उपस्थिति थियो ।

benighat_khelkud-(5)-1731239401.jpg
उद्घाटन समाराेह ।

६ दिनसम्म निरन्तर चल्ने प्रतियोगिताको कार्तिक ३० गते समापन हुने छ । विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा कार्तिक ३० गते बिहान ११ः३० बजे समापन कार्यक्रम आयोजना हुने छ ।

अन्य तस्बिरहरूः

benighat_khelkud-(12)-1731239386.jpg

benighat_khelkud-(13)-1731239386.jpg

benighat_khelkud-(11)-1731239390.jpg

benighat_khelkud-(10)-1731239390.jpg

benighat_khelkud-(8)-1731239394.jpg

benighat_khelkud-(9)-1731239394.jpg

benighat_khelkud-(6)-1731239397.jpg

benighat_khelkud-(4)-1731239401.jpg

benighat_khelkud-(2)-1731239405.jpg

benighat_khelkud-1731239408.jpg

benighat_khelkud-(3)-1731239404.jpg

Untitled-design-(1)-1731239416.jpg

benighat_rorang-(8)-1731239422.jpg

Untitled-design-(4)-1731239412.jpg

  तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update