Everest Face
जेण्डर च्याप्पियनहरूका लागि ४ दिने तालिम सम्पन्न 

धादिङबेँसीमा जेण्डर च्याम्पियनहरूका लागि चार दिने तालिम सम्पन्न भएको छ । प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गंगाजमुना गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरेको हो ।

उत्पादनशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत असोज ६-९ सम्म तालिम सञ्चालन गरिएको हो ।

गङ्गा जमुना र खनियाँवास गाउँपालिकाका सबै वडाबाट दुई-दुई जना गरी २४ जना , दुवै पालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख दुई जना, प्रयास नेपाल धादिङका कर्मचारी समेत गरी ३४ जना सहभागिता रहेको प्रयास नेपाल धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङ जानकारी दिइन् । 

Prayas-Nepal-(5)-1727310461.jpg
जेण्डर च्याप्पियनहरुको लागि ४ दिने तालिम ।

तालिममा लैङ्गिक समानताको अवधारणा, सामाजिक समावेशीकरणको अवधारणा, लैङ्गिक विश्लेषण र यसका चुनौतीहरू , लैङ्गिक हिंसा र यसका प्रकार, लैङ्गिक असमानता, लैङ्गिक विभेद र यौन दुर्व्यवहार र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी कानुनी व्यवस्था, लैङ्गिक हिंसा निवारण सम्बन्धी स्थानीय सरोकारवाला पहिचान, समन्वय र सम्पर्क, जेन्डर च्याम्पियनको भूमिका र जिम्मेवारी, भूमिका निर्वाह गर्दा गर्न हुने र नहुने कामहरू लगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको प्रयास नेपाल धादिङका लक्ष्मी सुनारले जानकारी दिइन् । शाेबिता परियारले सहजीकरणकाे भूमिका निभाएको उनले जानकारी दिइन् ।

तालिम समापन सत्रमा प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठ, उपाध्यक्ष उषा विक, कोषाध्यक्ष विपिना थापा मगर, कार्यकारी निर्देशक दामोदर अर्याल, आड्रा नेपाल लैङ्गिक सुरक्षण अधिकृत करुणा बराल, परियोजना तथा परियोजनामा लैङ्गिकताका सवालहरू र यसमा लैङ्गिक च्याम्पियनहरूको भूमिकाको बारेमा जानकारी गराउनु भएको थियो । लैङ्गिकताका सवाहरूमा सहकार्य गर्न गाउँपालिका तयार रहेको र हरेक कार्यक्रम तयारी चरण देखि कार्यक्रम गर्दा गाउँपालिकासँग समन्वय हुँदा सँगसँगै मिलेर काम गर्न सकिने खनियाँबास र गंगाजमुना गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरू प्रतिमा भट्ट र सन्ध्या उपाध्यायले बताए । 

Prayas-Nepal-(7)-1727310635.jpg
तालिमपश्चात तस्बिर खिच्दै सहभागी ।

लैङ्गिक च्याम्पियन तालिमले आफूहरूमा लैङ्गिक सवाल, भेदभाव, हिंसा तथा नेपालको कानुनी तथा सामाजिक विभेदीकरणका मुद्दाहरूमा क्षमता वृद्धि भएको गंगाजमुना गाउँपालिका वडा नंं. १ ताजिम्राङका शान्ति कल्लोहार, गंगाजमुना गाउँपालिका वडा ७ का सुनिता आलेमगर र खनियाँवास गाउँपालिका वडा नं १ फेन्हुका सुमिना तामाङले बताए । आफूहरूमा तालिमबाट धेरे ज्ञान,सीप विकास भएको र सिकेका ज्ञान, सिपलाई समूह तथा समुदायका जनचेतना फैलाउनु भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेका छन् । 

तालिममा सहभागी भएका महिलाहरूले धेरै ज्ञान तथा सीप हासिल गरेको र सिकेका विषयवस्तुहरू गाउँका समूह तथा समुदायमा विस्तार गर्ने योजना रहेको बताएका छन् ।

Prayas-Nepal-(4)-1727310461.jpg
तालिमपश्चत सामूहिक तस्बिर ।

तालिम पछि २४ जना लैङ्गिक च्याम्पियनहरू, ८० वटा समूह लगायत समुदायमा लैङ्गिक तथा सामाजिक समावेशीकरणको सचेतना तथा वकालत र पैरवी गरी घरपरिवार तथा समुदायमा र सम्बन्धित सरोकारवालाहरूमा लैङ्गिकताका सवालमा साझा बुझाइ तथा सकारात्मक सोच अभिवृद्धि गर्नमा परिचालन गरिने प्रयास नेपालका फिल्ड संयोजक पवन प्याकुरेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update