Everest Face
दुर्घटनामा परेर उपचार अभाव झेलिरहेका विनोद चेपाङलाई प्रयास नेपाल धादिङको सहयोग 

प्रयास नेपाल धादिङले दुर्घटनामा परेर घाइते भई उपचारका लागि आर्थिक अभाव झेलिरहेका धादिङको बेनीघाट राेराङ-६ बाेमराङका विनोद चेपाङलाई सहयोग प्रदान गरेको छ । 

४५औँ सामाजिक सेवा दिवसको अवसर पारेर  विनोद चेपाङकै घरमा सहयोग पुर्याएकाे प्रयास नेपाल धादिङका कार्यकारी  निर्देशक दामोदर अर्यालले जानकारी दिए । 

स्थानीय पञ्चकन्या माविमा कक्षा ४ मा अध्ययनरत बालक विनोद चेपाङ विद्यालयबाट घर फर्कने क्रममा विद्युतकाे तारमा छुँदा दुर्घटनामा परेर दुवै खुट्टा भाँचिएको र हातमा समेत गम्भीर चोट लागेपछि काठमाडौँमा उपचाररत छ ।

Prayas-Nepal-(2)-1727141708.jpg
सहयाेग प्रदान गर्दै प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामाेदर अर्याल ।

उपचारकाे क्रममा आर्थिक अभाव भएको र घरमा खाद्यान्नको समेत समस्या भएको जानकारी प्राप्त भएपछि सहयोग गर्न घरमै पुगेको निर्देशक अर्यालले जानकारी दिए । 

हाल विनोद चेपाङको काठमाडौँ उपचारपछि सुधार हुँदै गरेको बुबा विजय चेपाङले जानकारी दिए । दुर्घटनामा परि भाँचिएको दुवै खुट्टाको अप्रेसन पछि राखिएको स्टिल निकाल्न पैसाको अभाव ,छोराको उपचारमा जानू परेकाले ज्याला मजदुरमा जान नपाउँदा घरमा खाद्यान्न पनि समस्या भएको बुबा विजय चेपाङले बताए ।

Prayas-Nepal-1727141710.jpg
सहयाेग प्रदान गर्दै ।

यसै जानकारीका आधारमा प्रयास नेपाल धादिङबाट कार्यकारी निर्देशक दामोदर अर्याल ,कार्यक्रम प्रबन्धक केशव सिग्देल ,सदस्यहरू रुपेश तामाङ र सुमित्रा चेपाङ समेत दुर्घटनामा परेका विनोद चेपाङको घर बोमराङमा नै पुगी स्टेशनरी,खाद्यान्न तथा खुट्टामा राखिएको स्टिल निकाल्न अस्पतालमा बुझाउनुपर्ने १२ हजार नगद समेत गरी २१ हजार बराबरको सहयोग गरिएको प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले बोमराङ बाट जानकारी दिइन् ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update