Everest Face
बेनीघाट रोराङमा शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न 

धादिङको बेनीघाट रोराङमा शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शनिवार सम्पन्न प्रतियोगितामा बेनीघाट रोराङ–२ स्थित पिपलभन्ज्याङ माविका शिक्षकहरूको टिम प्रथम भएको छ । 

पिपलभन्ज्याङ माविका अम्मर बहादुर मगर, अशोक मगर, खालिद मियाँको टिम ५८ अङ्कसहित प्रथम भएको हो । त्यसैगरी बेनीघाट रोराङ–१ स्थित बाँसखर्क माविका शिक्षकहरूको टिमले ४८ अङ्कसहित द्वितीय स्थान हासिल गरेको छ । बाँसखर्क माविबाट सुरेश कुमार तामाङ, यमकला भुसाल भुर्तेल र शान्ता ज्ञवाली सहभागी थिए । 

त्यसैगरी चन्द्रोदय मावि बेनीघाटको टिम ४५ अङ्कसहित तृतीय भएको छ । चन्द्रोदय माविबाट कृष्ण परियार, यमुना खड्का, पम्फा पाण्डे सहभागी थिए । 

benighat--(7)-1726367207.jpg
पुरस्कार ग्रहण गर्दै बाँसखर्क माविकाे टिम 

कालिका मावि विधाङकाे  टिम ४४ अङ्कसहित सान्त्वना भएको छ । कालिका माविबाट हरिना साउद, सुभेश्वरा पैकरा, निल्कण्ठ वाग्ले सहभागी थिए ।  प्रतियोगितामा १०५ जना शिक्षक/शिक्षिकाहरूको ३६ टिम सहभागी भएका थिए ।

benighat--(8)-1726367207.jpg
प्रतियाेगिता कार्यक्रम

सामान्यतया विभिन्न तहका विद्यार्थीहरूबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने गरेको छ । बेनीघाट रोराङ गाउँपालिकाले शिक्षक/शिक्षिकाहरूबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । यस गाउँपालिकाले गत सालदेखि नै शिक्षक हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update