Everest Face
सिकाइ सुधारका लागि बेनीघाट राेराङकाे प्रयास, दुई दिने शैक्षिक गोष्ठी सम्पन्न

धादिङको बेनीघाट राेराङ गाउँपालिकाले सिकाइ सुधारका लागि दुई दिने शैक्षिक गोष्ठी सम्पन्न गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ८ भुवाभन्ज्याङस्थित सूर्योदय आधारभूत विद्यालयमा भाद्र १-२ मा गोष्ठी सम्पन्न भएको हो । 

गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को अध्यक्षतामा सम्पन्न  गोष्ठीले “Non-graded नतिजा शून्यमा झारौँ- सिकाइ सुधार वर्ष २०८१ लाई सफल पारौँ” भन्ने अवधारणा तय गरेको छ ।

Benighat--(4)-1724034585.jpg
शैक्षिक कार्ययाेजना प्रस्तुत गर्दै श्री जरुङ सिमटार आधारभूत विद्यालयका प्रअ रमन कुमार चाैधरी ।

गोष्ठीमा प्रधानाध्यापकहरूले "सिकाइ सुधार वर्ष २०८१ को लागि मेरो कार्ययोजना" शीर्षकमा १० मिनेट सम्मको पावरपोइन्ट प्रस्तुति राखेका  छन् ।

पालिकाका प्रमुख, उप-प्रमुख, प्रशासकीय अधिकृत, शिक्षा अधिकृत, वडा अध्यक्षहरूले सिकाई सुधारका लागि पालिकाले तय गरेको अवधारणमा सबै प्रतिबद्ध भएर लाग्नु पर्ने बताएका छन् ।

Benighat--(2)-1724034253.jpg
गाेष्ठीमा मन्तव्य राख्दै शिक्षा अधिकृत बाेधराज पाठक । 

गोष्ठीमा गाउँपालिका र प्रधानाध्यापक बीच ५९ बुँदे कार्यसम्पादन करार सम्झौता भएको छ । त्यस्तै सिकाइ सुधारका लागि प्रधानाध्यापकहरूले २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

Benighat--(5)-1724034583.jpg
गाेष्ठीमा मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे ।

गोष्ठीमा पालिकाका विद्यालयहरूबाट प्रस्तुत असल अभ्यास र कार्ययोजनाको सङ्कलन कार्य भएको शिक्षा अधिकृत बोधराज पाठकले जानकारी दिए ।

गोष्ठीको सञ्चालनका लागि प्रयास नेपाल धादिङको पनि साथ दिएको गाउँपालिकाले जनाएको छ । गोष्ठी सम्पन्न गराउन साथ दिएको भन्दै प्रयास नेपाल धादिङप्रति गाउँपालिकाले कृतज्ञता व्यक्त गरेको छ । 

बेनीघाट राेराङले २०८१ लाई सिकाइ सुधार वर्षको रूपमा अभियान सञ्चालन गरिरहेको छ । पालिकाभित्रका विद्यालयहरूकाे शैक्षिक गुणस्तर अभिवृद्धि गर्न पालिकाले प्रयास गरिरहेको छ ।

Benighat--(3)-1724034252.jpg
गाेष्ठीमा मन्तव्य राख्दै पालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) 

बेनीघाट रोराङमा सामुदायिक ७३ र संस्थागत ५ गरी ७८ विद्यालय रहेका छन् भने यी विद्यालयमा चालु शैक्षिक वर्षमा १० हजार २७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

गोष्ठीमा ७८ जना प्रधानाध्यापक, पालिकाका प्रमुख, उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरू, शिक्षा समितिका सदस्यहरू, विषयगत समितिका संयोजकहरू, शिक्षकका पेशागत सङ्घ सङ्गठनका अध्यक्षहरू गरी १२४ जन सहभागी रहेको थियो । 

अन्य तस्बिरः

Benighat--(1)-1724034254.jpg
गाेष्ठीमा सहभागी शिक्षक, जनप्रतिनिधिहरू ।
Benighat--(6)-1724034584.jpg
मन्तव्य राख्दै वडा नं. १ का वडाध्यक्ष जीवन सिं तामाङ । 

तस्बिरः बेनीघाट राेराङ गाउँपालिका ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update