Everest Face
यी हुन् सौर्य एअरलाइन्सकाे जहाज दुर्घटनामा ज्यान गुमाउनेहरू (नामावली)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । विमान चालक भने बाँचेका छन् । 

ज्यान गुमाएकामध्ये १७ जना नेपाली रहेका छन् भने एक जना यमनका नागरिक रहेको खुलेको छ । बुधवार बिहान ११: १५ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटनामा परेको थियो ।

३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी प्रहरीले केएमसी अस्पताल पुर्‍याएको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका १८ जनाको पहिचान खुलेको छ । जहाजमा सौर्य एयरलाइन्सकै कर्मचारीहरू रहेका थिए ।

दुर्घटनामा गुमाउनेहरूको नामावली :

१) मनीषरत्न शाक्य

२) एस कटुवाल

३) अमिटमान महर्जन

४) सागर आचार्य

५) दिलीप बर्मा

६) मनुराज शर्मा

७) आश्विन निरौला

८) सुदीपलाल जोशी

९) सर्वेश महर्जन

१०) श्याम बिन्दुकार

११) नवराज आले

१२) राजाराम आचार्य

१३) प्रिजा खतिवडा

१४) अधिराज शर्मा

१५) उद्धव पुरी

१६) यज्ञप्रसाद पौड्याल

१७) सन्तोष महतो

१८) पुण्यरत्न शाही

१९) अरिफ रेड

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update