Everest Face
तामाङ चलचित्र सङ्घ बागमती प्रदेशको अधिवेशन सम्पन्न, अध्यक्षमा दावा फिन्जो तामाङ 

तामाङ चलचित्र सङ्घ बागमती प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

शुक्रवार काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अधिवेशनबाट रसुवाका दावा फिन्जो तामाङ सर्वसम्मतले अध्यक्ष पदमा निर्वाचित भएका छन् । 

वरिष्ठ उपाध्यक्षमा धादिङका राजकुमार तामाङ निर्वाचित भएका छन् । उपाध्यक्षमा दिनेश तामाङ र रोशन तामाङ चयन भएका छन् । 

त्यसैगरी महिला उपाध्यक्षमा अनिता नेगी तामाङ, महासचिवमा करण तामाङ, सचिवमा श्याम माया गुरुङ, सह–सचिवमा शान्तीकुमारी डिमडुङ चयन भएका छन् । 

सङ्घको कोषाध्यक्षमा कुमारी माया ग्लान र सह–कोषाध्यक्षमा रविन्द्र थिङ चयन भएका छन् ।

सदस्यहरूमा सुनिता स्याङतन, रेश्मा दोङ, बसन्ती माया ग्लान, रोशन तामाङ थिङ, सुकुराम स्याङतन, अर्जना स्याङतन, युनिस लो तामाङ, विजय थिङ, विजय दोङ र फुलमाया तामाङ चयन भएका छन् ।  

पूर्व गृहमन्त्री एवम् नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको हो ।

Tamang_Chalchitra_Sangha-(13)-1719583277.jpg
वामदेव गाैतम, पूर्व गृहमन्त्री एवम् अध्यक्ष, नेकपा राष्ट्रिय एकता अभियान ।

कार्यक्रममा बोल्दै नेता गौतमले आफूले अहिलेसम्म तामाङ चलचित्र हेर्न नपाएको गुनासो गरे । तामाङ चलचित्रको विकासको लागि चलचित्रलाई अन्य भाषामा पनि डबिङ गर्नुपर्ने उनको राय थियो । 

“हालसम्म कतिवटा तामाङ चलचित्र बन्यो मलाई थाहा छैन । म ७६ वर्षको भइसकेँ । एउटा पनि तामाङ चलचित्र हेर्न पाएको छैन । अब डबिङ गर्नुस् म पनि हेर्छु ।”

“नेता गौतमले कतिवटा चलचित्र बन्यो थाहा छैन” भनेर बोल्दै गर्दा मञ्चबाट दुईसय वटा बनेको जवाफ आयो । त्यसपछि उनले ठट्यौली पारामा भने, “अब सबै डबिङ गर्नुस्, म दिनको एउटा हेर्छु, दुईसय दिन त बाँच्छु होला म ।”

नेता गौतमले तामाङ चलचित्रको विकासको लागि आफूले गर्नसक्ने सबै खालका सहयोग गर्न आफू तयार रहेको बताए । 

त्यसैगरी पूर्व पर्यटन राज्यमन्त्री एवम् राप्रपाका नेता परशुराम तामाङले चलचित्र बनाउँदा अब गुणस्तरमा ध्यान दिनुपर्ने बताए । आदिवासी समुदायमा सबैभन्दा धेरै चलचित्र तामाङ भाषामा बनेको तर ती चलचित्रहरू हलहरूमा प्रदर्शन गर्न समेत नसकेको उनले बताए । 

Tamang_Chalchitra_Sangha-(27)-1719583248.jpg
परशुराम तामाङ, पूर्व पर्यटन राज्यमन्त्री, नेता राप्रपा ।

चलचित्र बनाउँदा सङ्ख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनु जरुरी रहेको उनले बताए । 

“अब चलचित्र बनाउँदा अलि अध्ययन, अनुसन्धान गरेर बनाउनुपर्‍यो । हाम्रा चलचित्रहरू किन चल्दैनन्, कस्ता चलचित्र बनाउने लगायत विषयमा मानवशास्त्रीहरूसँग गम्भीर छलफल गरेर मात्रै चलचित्र बनाउनुपर्‍यो ।”, नेता तामाङले भने । 

त्यसैगरी तामाङ समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण गर्न, तामाङ समुदायलाई एकताबद्ध बनाई तामाङ समुदायको हकहित र अधिकारको लागि लड्न स्थापना भएको नेपाल तामाङ घेदुङ, नेपाल तामाङ राष्ट्रिय घेदुङ लगायत ठुला संस्थाहरू एक अर्कासँग लडेर बसिरहेको प्रति उनले खेद प्रकट गरे । 

तामाङ चलचित्र सङ्घका केन्द्रीय अध्यक्ष कुमार मोक्तानले चलचित्र बनाउँदा तामाङ समुदायको धर्म, संस्कृति, इतिहास, परम्परा तथा संस्कारलाई तोडमोड नगर्न चलचित्र निर्माता, निर्देशकहरूलाई निर्देशन दिए । 

Tamang_Chalchitra_Sangha-(50)-1719583202.jpg
कुमार माेक्तान, अध्यक्ष तामाङ चलचित्र संघ, नायक ।

राम्रोसँग अध्ययन नगरी कमर्सियल प्रयोजनका लागि तामाङ समुदायको संस्कृति र इतिहास मेट्ने खालका चलचित्रहरू बन्न थालेको प्रति उनले चिन्ता व्यक्त गरे । 

तामाङ समुदायको भाषा, धर्म, संस्कृति, इतिहास र पहिचानको संरक्षणका साथै समुदायको हकहित र अधिकारको लागि चलचित्र मार्फत आवाज बुलन्द पार्नु सङ्घको उद्देश्य भएको बताउँदै अध्यक्ष मोक्तानले विकृतिविरुद्ध आफैँले मुद्दा हाल्ने चेतावनी समेत दिए । 

“राम्रो चलचित्र बनाउन नसके नबनाऊ, तर तामाङ समुदायकै बेइज्जत गर्ने चलचित्र नबनाऊ । यस्तो विकृति विरुद्ध म आफैँ मुद्दा हाल्छु ।”, उनले भने । 

त्यसैगरी तामाङ चलचित्र क्षेत्रको विकृति र विसङ्गति विरुद्ध खरो ढङ्गले कलम चलाउन पत्रकारहरूलाई अपिल गरेका छन् । उनले भने, “छोटो कपडा लगाएको सिनलाई विकृति देख्ने पत्रकारहरूले चलचित्रको नाममा तामाङ समुदायको भाषा, धर्म, संस्कृति र इतिहासमाथि बलात्कार हुँदा पनि देख्दैनन् ।”

चलचित्रको सेन्सर गर्ने सेन्सर बोर्डमा तामाङ समुदायको बारेमा थाहा नै नभएका व्यक्तिहरूलाई राजनीतिक पहुँचको आधारमा नियुक्ति गर्दा चलचित्रको गुणस्तरमा प्रश्न उठेको उनले बताए । 

चलचित्र लेखक, निर्माता, निर्देशक भन्नेहरू चलचित्र विकास बोर्डको परिचयपत्र समेत नलिईकन हिँडिरहेको उनले बताए । “दर्जनौँ चलचित्र लेखेको, बनाएको, निर्देशन गरेको भन्ने व्यक्तिहरूको गोजी छाम्यो भने ड्राइभिङ लाइसेन्स पनि भेट्न गाह्रो हुन्छ, चलचित्र विकास बोर्डको कार्ड त कहाँबाट हुनु !”, उनले भने । 

पूर्व पर्यटन राज्यमन्त्री एवम् राप्रपाका नेता परशुराम तामाङ, सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, नेपाल तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविण बल, तामाङ चलचित्र सङ्घका संरक्षक डिबी लामा लगायत विशिष्ट अतिथिहरू, कलाकारहरू, सङ्घका केन्द्रीय समितिका पदाधिकारीहरू एवम् सञ्चारकर्मीहरूको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । 

अन्य तस्बिरहरूः

Tamang_Chalchitra_Sangha-(12)-1719626433.jpg

Tamang_Chalchitra_Sangha-(1)-1719583301.jpg

Tamang_Chalchitra_Sangha-(2)-1719583299.jpg

Tamang_Chalchitra_Sangha-(3)-1719583298.jpg

Tamang_Chalchitra_Sangha-(4)-1719583295.jpg

Tamang_Chalchitra_Sangha-(5)-1719583295.jpg

Tamang_Chalchitra_Sangha-(6)-1719583292.jpg

Tamang_Chalchitra_Sangha-(7)-1719583290.jpg

Tamang_Chalchitra_Sangha-(8)-1719583288.jpg

Tamang_Chalchitra_Sangha-(9)-1719583287.jpg

Tamang_Chalchitra_Sangha-(10)-1719583284.jpg

Tamang_Chalchitra_Sangha-(11)-1719583283.jpg

Tamang_Chalchitra_Sangha-(14)-1719583277.jpg

Tamang_Chalchitra_Sangha-(13)-1719583277.jpg

Tamang_Chalchitra_Sangha-(16)-1719583274.jpg

Tamang_Chalchitra_Sangha-(15)-1719583274.jpg

Tamang_Chalchitra_Sangha-(18)-1719583269.jpg

Tamang_Chalchitra_Sangha-(17)-1719583269.jpg

Tamang_Chalchitra_Sangha-(20)-1719583263.jpg

Tamang_Chalchitra_Sangha-(19)-1719583263.jpg

Tamang_Chalchitra_Sangha-(21)-1719583260.jpg

Tamang_Chalchitra_Sangha-(22)-1719583259.jpg

Tamang_Chalchitra_Sangha-(23)-1719583257.jpg

Tamang_Chalchitra_Sangha-(24)-1719583256.jpg

Tamang_Chalchitra_Sangha-(25)-1719583252.jpg

Tamang_Chalchitra_Sangha-(26)-1719583250.jpg

Tamang_Chalchitra_Sangha-(27)-1719583248.jpg

Tamang_Chalchitra_Sangha-(28)-1719583246.jpg

Tamang_Chalchitra_Sangha-(29)-1719583245.jpg

Tamang_Chalchitra_Sangha-(30)-1719583242.jpg

Tamang_Chalchitra_Sangha-(31)-1719583242.jpg

Tamang_Chalchitra_Sangha-(32)-1719583238.jpg

Tamang_Chalchitra_Sangha-(33)-1719583238.jpg

Tamang_Chalchitra_Sangha-(35)-1719583235.jpg

Tamang_Chalchitra_Sangha-(34)-1719583234.jpg

Tamang_Chalchitra_Sangha-(36)-1719583230.jpg

Tamang_Chalchitra_Sangha-(37)-1719583230.jpg

Tamang_Chalchitra_Sangha-(39)-1719583226.jpg

Tamang_Chalchitra_Sangha-(38)-1719583227.jpg

Tamang_Chalchitra_Sangha-(40)-1719583222.jpg

Tamang_Chalchitra_Sangha-(43)-1719583218.jpg

Tamang_Chalchitra_Sangha-(42)-1719583218.jpg

Tamang_Chalchitra_Sangha-(44)-1719583215.jpg

Tamang_Chalchitra_Sangha-(45)-1719583210.jpg

Tamang_Chalchitra_Sangha-(47)-1719583207.jpg

Tamang_Chalchitra_Sangha-(48)-1719583205.jpg

Tamang_Chalchitra_Sangha-(49)-1719583204.jpg

Tamang_Chalchitra_Sangha-(50)-1719583202.jpg

Tamang_Chalchitra_Sangha-(51)-1719583199.jpg

Tamang_Chalchitra_Sangha-(52)-1719583198.jpg

Tamang_Chalchitra_Sangha-(53)-1719583195.jpg

Tamang_Chalchitra_Sangha-(57)-1719583184.jpg

Tamang_Chalchitra_Sangha-(55)-1719583188.jpg

Tamang_Chalchitra_Sangha-(56)-1719583192.jpg

Tamang_Chalchitra_Sangha-(54)-1719583194.jpg

Tamang_Chalchitra_Sangha-(58)-1719583185.jpg

तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update