Everest Face
इजरायलले माग्यो ८०० जना केयरगिभर

वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरेको छ ।

विभागले एक सूचना प्रकाशित गर्दै ८०० जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो । केयरगिभरमा जान चाहने व्यक्तिको  उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ । उचाइ कम्तीमा पनि १.५ मिटर हुनुपर्ने र तौल ४५ किलोग्राम तोकिएको छ ।

त्यस्तै, १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी १५ महिनाको अध्ययन पूरा गरेको अथवा प्लस टु वा सो सरहको अध्ययन पूरा गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभरसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।

केयरगिभरका लागि अङ्ग्रेजी भाषा पनि अनिवार्य गरिएको छ । अङ्ग्रेजी ब्रिटिस काउन्सिलबाट लिइएको फाउन्डेसन इङ्लिस टेस्ट (फेइटी) को कम्तीमा ए२ लेभलको प्रमाणपत्र पेस गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update