Everest Face

धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ८९ करोड ७५ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ । 

आज शनिवार बिहान गाउँपालिकाको कार्यालय विशालटारमा सम्पन्न गाउँकार्यपालिको पन्ध्रौँ गाउँसभाले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय विवरण (बजेट) पारित गरेको हो । गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बजेट वक्तव्य प्रस्तुत गरेका हुन् । 

कूल बजेटमध्ये चालुतर्फ ५०.८२ प्रतिशत र पुँजीगततर्फ ४९.१८ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । 

प्रस्तावित बजेटमध्ये नेपाल सरकारबाट वित्तीय सामान्यीकरण अनुदान स्वरूप रु. १५,०९,००,००० (अक्षरूपी पन्ध्र करोड नौ लाख रुपैयाँ), सशर्त सङ्घीय अनुदान स्वरूप रु. २७,९५,००,००० (अक्षरूपी सत्ताइस करोड छपन्न लाख), नेपाल सरकारबाट राजश्व बाँडफाँडबाट रु. ११,५६,००,००० (अक्षरूपी एघार करोड छपन्न लाख रुपैयाँ) प्राप्त हुने प्रक्षेपण गरिएको छ । 

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय सामान्यीकरण अनुदान रु. १,६१,०५,००० (अक्षरूपी एक करोड एकसट्ठी लाख पाँच हजार रुपैयाँ), प्रदेश सशर्त अनुदान स्वरूप रु. ३,००,६०,००० (अक्षरूपी तीन करोड साठी हजार रुपैयाँ) र प्रदेश समपूरक अनुदान रु. १,६९, ५०,००० (अक्षरूपी एक करोड उनन्सत्तरी लाख पचास हजार रुपैयाँ) प्राप्त हुने अनुमान गरिएको छ । 

त्यस्तै गाउँपालिकाको आन्तरिक स्रोततर्फ रु. ३,१३,३४,५०९ (अक्षरूपी तीन करोड तेह्र लाख चौँतीस हजार पाँच सय नौ रुपैयाँ) आय हुने प्रक्षेपण गरिएको छ । 

आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेट घाटा रु १६,४९,३२,२१० (अक्षरूपी सोह्र करोड उनन्चास लाख बत्तीस हजार दुई सय दश रुपैयाँ) हुने अनुमान गरिएको छ । यसका लागि गाउँपालिकाको आन्तरिक आय वृद्धि गर्न करको दायरालाई फराकिलो बनाउने, सहभागितामूलक कर नीति अवलम्बन गर्ने र आन्तरिक आयको वृद्धि गर्ने लक्ष्यसहित विभिन्न कर, शुल्क तथा दस्तुरहरूको प्रस्ताव अघि सारेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकालाई देशकै नमुना पालिकाको रूपमा स्थापित गर्ने परिकल्पनालाई साकार पार्न आवश्यक आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, वन तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासनका क्षेत्रहरूलाई मुख्य प्राथमिकतामा राखी “समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार: कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, सुशासन र पूर्वाधार” भन्ने दीर्घकालीन सोचलाई साकार पार्न आवश्यकताका आधारमा कार्यक्रमहरू ल्याएको गाउँपालिकाले जनाएको छ । 

कुन वडाको बजेट कति ? 

सङ्घीय सामान्यीकरण अनुदान:

वडा नं. रकम अङ्कमा रकम अक्षरमा 

१. रु. ४,५००,००० पैँतालिस लाख रुपैयाँ मात्र ।

२. रु. ९,२००,००० बयानब्बे लाख रुपैयाँ मात्र ।

३. रु. ६,६००,००० छैइसठ्ठी लाख रुपैयाँ मात्र ।

४. रु. ५,०००,००० पचास लाख रुपैयाँ मात्र । 

५. रु. ५,९००,००० उनन्साठी लाख रुपैयाँ मात्र । 

६. रु. ४,९००,००० उनन्चास लाख रुपैयाँ मात्र । 

७. रु. ४,६००,००० छयालीस लाख रुपैयाँ मात्र ।

८. रु. ५,२००,००० बाउन्न लाख रुपैयाँ मात्र ।

९. रु. ६,१००,००० एकसट्ठी लाख रुपैयाँ मात्र । 

१०. रु. ८,२००,००० बयासी लाख रुपैयाँ मात्र । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update