Everest Face
पर्यटन प्रवर्द्धन गर्न थाइल्यान्ड, मलेसिया र सिङ्गापुर भ्रमण गरेर फर्किए टेवानकाे टोली 

पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) टोलीले पर्यटन प्रवर्द्धनकाे लागि थाइल्यान्ड, मलेसिया र सिङ्गापुरकाे भ्रमण सम्पन्न गरेकाे छ । 

भ्रमणकाे क्रममा टाेलीले विभिन्न देशका टूर अपरेटरसँग पर्यटनबारे अन्तरक्रिया गरेकाे छ ।  

पोखराको पर्यटन प्रवर्द्धनको कार्यक्रम लिएर १० दिनअघि मलेसियासहित विभिन्न देशको भ्रमणमा निस्केको टोलीले बिहीबार टेवानको आयोजना र मलेसिया स्थित  टुरिजम मलेसिया 2024 ,Triba East Trave sdn Bdn Ground operator  & Hunter XiYing  को सहकार्य मा मलेसियामा टूर अपरेटरसँगको अन्तरक्रिया गर्दै पोखरा घुम्ने निम्तो दिएको हो । अन्तरक्रियामा करिब २५ टूर अपरेटरले भाग लिएका थिए ।

tewan-1719022133.jpg
थाइल्यान्डकाे वैंककमा टेवानकाे टाेली । 

टेवान अध्यक्ष कमला गिरीले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको जनाउँदै पोखरा र समग्र गण्डकी क्षेत्रको पर्यटकीय सम्भावना, गन्तव्य र अवसरबारे जानकारी दिएकी थिइन् । उनले नेपाल सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको देश हो भन्दै यहाँ घुम्न निम्तो दिँदै आगामी दिनमा सहकार्यमा जोड दिइन् । टेवान सचिव शोभा अधिकारी पौडेलले पनि पोखरा घुम्न आउनका लागि निम्तो दिइन् ।

टोलीले  १० दिनको कार्यक्रम  अन्तरगत थाइल्यान्डका  र मलेसिया राजदूतावासमा छुट्टाछुट्टै  अन्तरक्रिया गरेको थियो । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पर्यटन प्रवर्द्धनमा महिलाको यो साहसिक कार्य हो भनी प्रशंसा गरे । उनले आगामी दिनमा पनि मलेसियामा हुने कार्यक्रममा सहयोग गर्ने वचन दिए । 

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले पोखरा पर्यटनको राजधानी भएकोले प्राकृतिक सुन्दरताको रक्षा गर्नुपर्ने सुझाव दिएका थिए । उनले थाई सरकारले अपनाएको नीतिबारे जानकारी दिँदै पर्यटकीय गन्तव्यबारे बताए । थाई नेपाल एसोसिएसनका संरक्षक कुमार कार्की, एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्रबहादुर बस्नेत लगायतले पोखराको पर्यटन प्रवर्द्धनबारे बोलेका थिए । 

tewan-(2)-1719022130.jpg
मलेसियाकाे टूर अपरेटरसँग टेवानकाे टाेली । 

अन्तर्क्रियामा नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य सहभागिता थियो । 

अध्यक्ष कमला गिरी नेतृत्वको भ्रमण टोलीले मलेसिया, थाइल्यान्ड  ,सिंगापुर मलेसियाको भ्रमण गरेको हो । भ्रमणमा टोलीले नेपाल पर्यटन बोर्डले निर्माण गरेको पर्यटकीय गन्तव्य तथा संस्थाले निर्माण गरेको वृत्तचित्र प्रदर्शन गर्नुका साथै पोखरा चिनाउने प्रचारात्मक सामग्री वितरण गरेको थियो । टोलीले पोखराको प्रवर्द्धनात्मक भिडियो सामग्रीसहित व्यवसायको प्रचारात्मक सामग्री राजदूतावासलाई प्रदान गरेको थियो भने पोखरा घुम्नका लागि आ–आफ्नो देशबाट प्रचार गर्न जोड दिएको थियो ।

tewan-(3)-1719022535.jpg
मलेसियाकाे दूतावासमा छलफलमा सहभागि हुँदै टेवान अध्यक्ष कमला गिरि । 

भ्रमणमा अध्यक्ष गिरीसहित सचिव शोभा अधिकारी पौडेल, सदस्य सरिता बराल क्षत्री, शारदा लम्साल, सदस्य उर्मिला थापा पन्थी, संगीताअधिकारी, सङ्गीता बराल, नीशा बुढा, भगवती खत्री, विनिता अधिकारी बराल, सीता अधिकारी पौडेल, ज्ञानु श्रेष्ठ, सीता कोइराला, रेजिना आचार्य, तारा गिरी, स्पन्दन गिरी र पत्रकार युवराज श्रेष्ठ, युनिस गुरुङ र दुर्गा राना मगर छन् । भ्रमण सकेर टोली स्वदेश फर्केको छ । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update