Everest Face

प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले नागढुङ्गा–मुग्लिन सडकखण्डको स्तरोन्नतिलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अधिकारीले आउँदो मनसुनलाई ध्यानमा यस सडकखण्डको व्यवस्थापन र जारी स्तरोन्नतिको कामलाई तीव्रता दिन जरुरी रहेको बताएका हुन् ।

समयमा निर्माण हुन नसक्दा यस सडक खण्डका बासिन्दा र यस सडकमा यात्रा गर्ने यात्रुहरूले सास्ती खेप्नुपरेको उनले बताए ।

धुलो र हिलोका कारण सडक आसपासका बजारमा व्यापार व्यवसाय ठप्प भएको, सडक छेउछाउका खेतबारीमा बाली बिरुवालाई समेत असर परेको, यात्रुहरूले धुलो, हिलो, धुवाँ खेप्दै घण्टौँसम्म जाममा बास्न बाध्य भएको लगायतका समस्याहरू औँल्याउँदै यस सडकखण्डको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

त्यस्तै देशका ग्रामीण भेगका थुप्रै सडकहरूको अवस्था पनि नाजुक भएको र ठेकेदारहरूले समयमा काम सम्पन्न नगर्दा समस्या उत्पन्न भएको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update