Everest Face

नेकपा एमालेका प्रमुख सचेतक एवम् सांसद महेश वर्तौलाले मकवानपुरको उत्तरी भेगलाई देशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा घोषणा गर्न माग गरेका छन् । 

आज मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद वर्ताैलाले मकवानपुरको उत्तरी भेगमा पर्ने चित्लाङ, दामन, सिमभन्ज्याङ, कुलेखानी–मार्खु, बज्रबाराही लगायत गन्तव्यलाई पर्यटकीय क्षेत्रको रूपमा घोषणा गर्न माग गरेका हुन् । 

पर्यटकीय गन्तव्यको रूपमा चिनिए पनि पर्यटनको विकास र प्रवर्द्धन हुन नसकेको भन्दै सो क्षेत्रलाई देशकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा घोषणा गर्दै पर्यटकीय पूर्वाधारहरूको निर्माण र प्रवर्द्धन गर्न सांसद वर्ताैलाले माग गरे । 

सांसद वर्तौलाले कुलेखानी मार्खु, चित्लाङको भ्रमण गर्न सभामुख लगायत सांसदहरूलाई अनुरोध समेत गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update