Everest Face
कैलाश मानसरोवर यात्राः रसुवागढी नाकामा चहलपहल

चीनमा अवस्थित पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको दर्शन गर्न जाने पर्यटककाे संख्या बढेकाे छ ।

भगवान् महादेवको वासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशूली धुन्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरू मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिनुभयो । उक्त नाकाबाट मानसरोवर साढे नौ सय किलोमिटर टाढा छ ।

नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौँबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु देखिएको हुनसक्ने प्रमुख निरौराको भनाइ छ । उहाँका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरू पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update