Everest Face
ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई ११.८ हेक्टर जग्गा दिने सरकारकाे निर्णय 

सरकारले धादिङको बेनीघाट राेराङ-२ मा सञ्चालित ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई ११.८ हेक्टर जग्गा दिने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चुनढुङ्गा उत्खनन तथा खानी सञ्चालनको लागि राष्ट्रिय वन क्षेत्रको सो परिमाणको जग्गा कम्पनीलाई दिने निर्णय गरेको हो ।

नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानीको उक्त सिमेन्ट उद्योग साढे १४ अर्ब रुपैयाँ लगानीमा खुलेको हो ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्ती खोलामा ५०० रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरिएको छ ।

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको उक्त उद्योगको शुरू लगानी सन् २०१५ मा स्वीकृत भएको थियो । 

मन्त्रिपरिषदकाे निर्णयः

Copy-of-Huwasin-Cement--1715994186.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update