Everest Face
पर्यटनबाट भित्रियो ६० अर्ब ४५ करोड रुपैयाँ 

चालू आर्थिक वर्ष २०८०/८१ को चैतसम्म (९ महिना)को अवधिमा विदेशी पर्यटकले नेपालमा ६० अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम भित्र्याएका छन् ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो गत वर्षको यही अवधिका तुलनामा ४० प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा ४३ अर्ब १७ करोड रुपैयाँ भित्रिएको थियो । 

पछिल्ला महिनाहरूमा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढिरहेको छ । त्यसकै परिणाम स्वरूप घुम्न आउने विदेशीले नेपालमा भित्र्याउने रकम पनि बढेको हो ।

पर्यटकको आगमन र आयमा वृद्धि भए पनि नेपालको अर्थतन्त्रमा पर्यटनको योगदान उल्लेख्य बन्न सकेको छैन । पर्यटनलाई वैदेशिक मुद्रा आर्जन र नेपालको अर्थतन्त्र बलियाे बनाउने उपायका रूपमा अघि सारेको छ । तर, वैदेशिक मुद्रा  आर्जनको प्रमुख स्रोत रेमिटेन्स नै रहेको छ । 

यस वर्षको चैतसम्म विदेशमा रहेका नेपालीले १० खर्ब ८२ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स नेपाल पठाएका छन् । रेमिटेन्सबाट आएको आम्दानीसँग तुलना गर्दा पर्यटन बापतको आम्दानी ५.६ प्रतिशत मात्रै हो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update