Everest Face
२९औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा कामीरिता

कीर्तिमानी आरोही ५४ वर्षीय कामीरिता शेर्पाले २९औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका छन् ।

शेर्पा आइतबार बिहान ७ः२५ बजे  २९औँ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको काठमाडाैंस्थित सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । 

यसअघि गत वर्ष शेर्पा २८औँ पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । त्यतिवेला उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका थिए ।

उनले २०५१ सालमा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसयता उनी आरोहणमा निरन्तर सक्रिय छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update