Everest Face
भाटभटेनीका मालिक गुरुङले बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने 

भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

शुक्रवार अपराह्न काठमाडौँको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिबद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।

उक्त भेटमा कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामबारे गुरुङलाई ब्रिफिङ गरेका थिए । कोइरालाको भनाइ सुनिसकेपछि गुरुङले अस्पताल बनाउन अब कति सहयोग आवश्यक पर्छ भनेर सोधेका थिए ।

कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिबद्धता आएको र नजुटेको बताए । उनको उक्त भनाइ पछि गुरुङले भने,‘मैले तपाईँको यो प्रोजेक्टका लागि ४१ करोड रुपैयाँ सहयोग गर्छु ।’

गुरुङले यस्तो घोषणा गरेपछि डा भगवान कोइराला केहीबेर भावुक बन्दै यो खुसीको क्षणलाई बयान गर्नै नसकेको बताए । कोइरालाको नेतृत्वमा काठमाडौँसहित सात वटै प्रदेशमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update