Everest Face
तीन सय ३५ किलो गाँजा र नगदसहित सात जना पक्राउ

ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा र नगदसहित सात जना पक्राउ परेका छन् ।

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-२० बरडाँडाबाट तीन सय ३५ किलो गाँजा र नगद सात लाख ५२ हजार पाँच सय २५ रुपैयाँसहित सात जनालाई गए राति पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धनकुटा साँघुरीगढी गाउँपालिका-१० का २० वर्षीय मन्दीप राई, २८ वर्षीय मन कुमार राई, २४ वर्षीय राम कुमार राई, ३५ वर्षीय थाम बहादुर राई, २५ वर्षीय देउमन राई तथा १६ वर्षीय किशोर र सङ्खुवासभा मांङतेवा बस्ने २५ वर्षीय अजित राई रहेका छन् । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को. १ ज १८२१ नम्बर र को. २ च ३११० नम्बरको २ वटा पिकअप गाडीलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

साथै उनीहरूले प्रयोग गरेको को. ३१ प ६०३७ नम्बर र को. ३० प ९०९२ नम्बरको २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update