Everest Face
त्रिशूली नदिमा सञ्चालित अधिकांश र्याफ्टिङ सेवा अवैध र असुरक्षित

त्रिशूली नदिमा सञ्चालित अधिकांश र्याफ्टिङ सेवा अवैध र असुरक्षित रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले अवैध रूपमा र्याफ्टिङ सेवा सञ्चालन गर्दै आएका सात वटा होटल/रिसोर्टलाई सेवा बन्द गर्न निर्देशन दिएको छ । 

“जलयात्रा (र्याफ्टिङ) मुलुकको पर्यटन क्षेत्रको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको व्यवसाय हो । तर यही क्षेत्र अवैध र असुरक्षित रहेको पाइएको छ ।” कार्यालयले भनेको छ ।

र्याफ्टिङ सेवा प्रदायकहरूले सम्बन्धित निकायबाट सञ्चालन अनुमति नलिई तथा सेवा लिने यात्रु/सेवाग्राहीको सुरक्षा बिमा समेत नगरी सञ्चालन गरेको पाइएको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार अवैध रूपमा र्याफ्टिङ सेवा सञ्चालन गर्नेमा नेचुरल रिसोर्ट, बेनीघाट रोराङ–५, रोयल रिभर साइट र्याफ्टिङ रिसोर्ट, बेनीघाट रोराङ–३, माईलस्टोन भिलेज रिसोर्ट, बेनीघाट रोराङ–५, होलिडे बिच रिसोर्ट, बेनीघाट रोराङ–७, चरौँदी बिच रिसोर्ट, बेनीघाट रोराङ–७, विग सी रिसोर्ट, बेनीघाट रोराङ–३ र बुढी गण्डकी रिसोर्ट, बेनीघाट रोराङ–३ रहेका छन् । 

सम्बन्धित निकायबाट अनुमति र सेवाग्राहीको बिमा सम्बन्धी कागजात पेश नगर्दासम्मको लागि सेवा बन्द गर्न दिएको हो । निर्देशन पालना नगरे थप कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ । 

बिहीबार जिल्ला प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय र बेनीघाट रोराङ गाउँपालिकालाई पत्र लेख्दै निर्णय कार्यान्वयन गराउन निर्देशन दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update