Everest Face
बुढीगण्डकीकाे मुहानमा हिमपहिराे, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालमा हिमपहिरोका कारण बुढीगण्डकी नदीमा पानीको बहाव बढेको छ ।

बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको हो । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

उनका अनुसार अहिले जोखिम केही घटेको छ । नेपाल बाढी सूचनाले बुढीगण्डकी नदी तटीय क्षेत्रमा पर्ने गोरखा र धादिङका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सतर्क रहन सबैलाई आग्रह गरिएको बताए । वीरेन्द्र ताल मनासलु हिमालको फेदीको ठुलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रूपमा लिने गरिन्छ ।      

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update